ज्येष्ठ नागरिकलाई सम्मान गरौँ : प्रम

प्रधानमन्त्री केपी शर्मा ओलीले ज्येष्ठ नागरिक असाधारण ज्ञानको भण्डार भएको बताउनुभएको छ । ज्येष्ठ नागरिकलाई सम्मानजनक जीवन र सम्मानपूर्वक व्यवहार गर्दै त्यो ज्ञान नयाँ पुस्ताले सिक्नुपर्नेमा उहाँले जोड दिनुभयो । ३०औंँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले ज्येष्ठ नागरिक एउटा सिङ्गो विश्वविद्यालय नै रहेको उल्लेख गर्दै परम्परागत ज्ञान, सीपका पनि खानी रहेको बताउनुभयो । “हामीले ज्येष्ठ नागरिकबाट सिक्नुपर्छ ।