श्रीलंकाका राष्ट्रपतिले बौद्ध धर्मावलम्बीहरूको सबैभन्दा महत्त्वपूर्ण धार्मिक पर्व वेसाक दिवस (बुद्ध पूर्णिमा) का अवसरमा ९८८ कैदीहरूलाई आममाफी दिँदै रिहा गरेका छन्। कारागार विभागका आयुक्त तथा प्रवक्ता चन्दना एकनायकेले देशको संविधानको धारा ३४ बमोजिम राष्ट्रपति रनिल विक्रमासिंघेले सो आममाफी दिनु भएको सञ्चारमाध्यमलाई बताए। प्रवक्ता एकनायकेले विभिन्न शर्तका आधारमा यो आममाफी दिइएको बताएका छन्। श्रीलंकाले सामान्यतया स्वतन्त्रता […]