नेकपा (एमाले) निकट जनवर्गीय संगठनहरुले पार्टी एकताको पक्षमा रहेको बताएका छन् । एमाले निकट १७ जनवर्गीय संगठनका अगुवाहरुले आज जारी विज्ञप्तिमा भनिएको छ, हामी चाहन्छौं, आम नेता तथा कार्यकर्ता चाहन्छन्, ‘एकताबद्ध नेकपा (एमाले)कै नेतृत्वमा कम्युनिष्ट आन्दोलन सृदृढ बनोस्।’
साथै, विज्ञप्तिमा पार्टी, जनसंगठन र पेशागत सगठनका सबै संरचनाहरुलाई २०७५ जेठ २ गतेको स्थितिबाट केन्द्रदेखि स्थानीयतहसम्म क्रियाशील बनाउन समेत माग गरिएको छ ।