‘प्रतिनिधि सभा मार्न पाइदैन, निरंकुश सरकार चाहिँदैन’ भन्दै डा. केसी सडकमा

काठमाडौँ । प्रध्यापक डा. गोविन्द केसी प्रतिनिधि सभा पुनःस्थापनाको माग गर्दै सडकमा आएका छन् । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा भंग गर्दै चुनावको मिति घोषणा गरेपछि उक्त कदम असंवैधानिक भएको भन्दै देशभर विरोध प्रदर्शन भइरहेको बेला डा. केसी पनि सडकमा आएका हुन् ।