चाडबाड नजिकिँदा आउँछ परदेशी सन्तानको याद

“नमुछे आमा दहीमा टीका नछरे जमरा ।दैवले पर्दा उठायो आमा आउँदिन फर्केर ।।” दसैँका समयमाा बज्ने प्रसिद्ध गायक नारायण रायमाझीको यो गीत सुन्दा कसको पो मन भक्कानिँदैन र ? स्वदेशमा रोजगारीका अवसर नहुँदा विदेसिन बाध्य लाखौँ नेपाली युवाका परिवारमा यतिखेर दसैँ, तिहार, छठ जस्ता महान् चाड नजिकिँदै गर्दा खुसीभन्दा पनि चिन्ता भरिएको देखिन्छ । परदेशमा रहेको छोरा दसैँको बेला घर नआउँदा आमाको मन नराम्रोसँग कुँडिएको छ । घरको पिँढीमा बसेर त्यही परदेशी छोरालाई सम्झेर बस्नु यतिखेर उनीहरूको दैनिक