विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्ना पार्टीका नेता, कार्यकर्तामाथि लगाइएको मुद्दा खारेज गरि तत्काल जेलबाट रिहाइ गर्न सरकारलाई दबाब दिएको छ ।
आज मङ्गलवार सिंहदरबारमा गृहमन्त्री बालकृष्ण खाणसँग भेट गरि नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले यस्तो दबाब दिनुभएको हो । देश चुनावकाे परिणामसँगै नयाँ सरकार गठनको चरणमा प्रवेश गरिरहेका बेला नेकपाले भने यही सरकारले आफूहरूको माग सम्बोधन गर्नुपर्ने जिकिर गरेको छ । वर्तमान सरकारले कानुनी जटिलता पनि हल गरेर नेकपाका नेता, कार्यकर्तामाथि लगाइएको मुद्दा...