‘देउवालाई गिरिजाप्रसाद कोइरालालाई जस्तै छवि बनाउने अवसर आएको छ’

नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवालाई स्व. गिरिजाप्रसाद कोइरालालाई जस्तै छवि बनाउने अवसर रहेको बताएको छ ।  शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा देउवालाई बधाई दिँदै माओवादी स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले अनुभव र परिपक्वताका कारण प्रधानमन्त्री देउवालाई नयाँ इतिहास रच्ने अवसर रहेको बताएका हुन् ।  ‘विगतमा गिरिजाप्रसाद कोइरालामाथि धेरै प्रश्न उठे, जब प्रजातन्त्र संकटमा पर्यो त्यसपछि उहाँले माओवादी र सात दलको सहकार्यबाट सहमति गरेर संविधानसभाको चुनाव गराउनु भयो । चुनावमा हार्ने जान्दा...