काठमाडौँ । नेता कमल थापा नेतृत्वको राप्रपा नेपालले निर्वाचन आयोगबाट चुनाव चिन्ह तीर पाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका नेता थापाले आगामी स्थानीय तहको निर्वाचनमा सहभागी हुनका लागि तीर चिन्ह रोजेका हुन्। राप्रपाले सनातन हिन्दु धर्म, संस्कृति महत्त्वपूर्ण रहेको तीर लिएको छ।