गण्डकीका एघारै जिल्लाका खेलकुद पदाधिकारी सहित सरुवा अस्पताल व्यवस्थापन समितिका पदाधिकारी हटाइयो

पोखरा : गण्डकी प्रदेश सरकारले प्रदेशको एघारवटै जिल्लाका खेलकुद पदाधिकारी र संक्रामक तथा सरुवा रोग अस्पताल व्यवस्थापन समितिका पदाधिकारी हटाउने निर्णय गरेको छ। चैत २४ गते बसेको मन्त्रिपरिषद बैठकको निर्णय शुक्रबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता कुमार खड्काले पदाधिकारी हटाउने निर्णय भएको जानकारी दिएका हुन्। यसअघि चैत १८ गतेको मन्त्रिपरिषद्को बैठकले…