सुक्न थाले स्याउका विरुवा

जुम्ला : स्याउका बिरुवा सुक्न मर्न थालेपछि जुम्लाका किसान  चिन्तित भएका छन्। सात वर्षअघि लगाइएका एक हजार ५०० विरुवा बर्सेनि सुक्दै गएको तातोपानी गाउँपालिका–७ ताम्तीका कृषक मुनबहादुर रावतले बताए।  रावतका अनुसार स्याउका हाँगा र जोर्नीमा दाग आउने गरेको छ। ‘प्रत्येक वर्ष स्याउ सुक्दै जान थालेका छन्,&rsqu...

सम्बन्धित सामग्री

सडकको धुलोले लेगुवाबासीलाई सास्ती

वैशाख २१, धनकुटा । यातायात साधन गुड्दा र हावा चल्न थाल्दा धुलोले आकाश नै छोपिएजस्तो हुन्छ । त्यही उडेको धूलोले शरीर भरिन्छ । यस्तैमा दिनभरि भिडिरहन्छन् मानिसहरु हिडिरहनु पर्ने बाध्यता छ लेगुवाबासीलाई । दिनभरि लेगुवामा बसेका मानिसहरुलाई साँझमा नुहाउन नसके सुत्नै कठिन हुन्छ । अझ खानेकुरा र सुत्ने ओछ्यान धुलोले भरिएर झनै समस्या हुने गरेको छ । सडकमा उड्ने धुलो लेगुवाबासीका लागि स्वास्थ्य चुनौती बनेको छ ।  मध्यपहाडी लोकमार्ग अन्तरगत हिले–लेगुवा सडक कालोपत्र नहुँदा आइपरेको समस्या हो यो । सडक कालोपत्र नहुँदा यात्रुहरु वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे सडकमा यात्रा गर्न बाध्य छन् भने अर्कोतिर सडकमा उडेको धुलोका कारण स्थानीय ग्रसित छन् । सडक कालोपत्र गर्न ठेक्का गरेको समय सकिएर पटक पटक थपिएको म्याद पनि सकिँदा समेत सडक कालोपत्रको काम सकिएको छैन । सरकार र निर्माण कम्पनीले विभिन्न बहानामा सडक कालोपत्र नगर्दा आवतजावतमा मात्रै होइन सडकमा सवारी चल्दा उड्ने धुलोले स्थानीयले राम्रो खान, राम्ररी सुत्न नपाएको र धुलोकै कारणले विभिन्न रोग लाग्न थालेको स्थानीय सुवन श्रेष्ठले बताए ।  उनले निर्माणको जिम्मा पाएको कम्पनीले विगत २ वर्षदेखि सडक कालोपत्रे गर्ने भनेर प्रतिवद्धता जनाएको र सहज परिस्थितीमा काम नगरेर अहिले परिस्थिती नभएको भनेर भाग्न खोजेको गुनासो गरे । सडक कालोपत्र नहुँदा धुलोका कारण होटल व्यवसाय बन्द गर्नुपर्ने अवस्था आएको श्रेष्ठको भनाइ छ । ‘कहिलेकाहिँ त धुलोको कारणले कति दिन बाँचिएलाजस्तो हुन्छ’, श्रेष्ठले भने ‘अत्याधिक धुलो उड्न थालेपछि त बसाइँ नै सर्नुपर्छ कि जस्तो लाग्छ तर, कहाँ जाने आफ्नो ठाउँ यहि हो भनेर चित्त बुझाउनु परेको छ ।’ लेगुवा बजारमा गर्मी भइरहने ठाउँ भएकाले सुख्खा नै रहने धुलो अत्याधिक उड्ने गरेको छ । श्रेष्ठ भन्छन् ‘एकवर्ष अघिसम्म पनि मैले खासै महसुस गरिन । यो वर्ष भने लेगुवामा बस्नै नसकिने हो कि जस्तो भएको छ ।’ घरै छेऊमा भएको सडकमा सवारी साधन आवतजावत गर्दा धुलोले घरै छोप्ने महालक्ष्मी नगरपालिका ५ लेगुवाका नारायण प्रसाद धमलाले बताए । धुलोले कपडा धोएर सुकाए पनि कपडा सुक्न नपाई धुलोले खाने धमलाको भनाइ छ । ‘धुलो ले खपिसक्नु छैन खाना खान लाग्यो सडकमा गाडी हुइँकिन्छ । सबै धुलो जति घरभित्र पस्छ’, धमलाले भने, ‘हतार हतार खाना छोप्नु पर्छ । नत्र सबै खानामा पस्छ ।’ सडक कालोपत्र नहुँदा आवतजावतमा मात्रै होइन सडकमा सवारी चल्दा उड्ने धुलोले स्थानीय विभिन्न रोगको शिकार बनेको र वर्षामा हिलोले गाडि फस्ने गरेको स्थानीय देबकुमार श्रेष्ठले बताए । धुलोको कारणले स्थानीय रोगको शिकार बनेको र पटकपटक निर्माण कम्पनीसँग कुरा गरेको भएपनि सुनुवाइ नभएको उनको भनाइ छ । सडक कालोपत्र नहुँदा धनकुटाबासी मात्रै नभइ भोजपुर र संखुवासभाबासी पनि पीडित भएको श्रेष्ठको भनाइ छ । ‘मुखमा पस्ने धूलोले त कहिले सास फेर्नै कठिन होलाजस्तो हुन्छ’, उनले भने ‘घरको कोठादेखि बजारभरि धुलो नभएको कतै छैन ।’ के हुँदैछ काम ? करीब ३६ करोडको लगानीमा सडक निर्माणको ठेक्का लिएको विरुवा कन्स्ट्रक्सनले पञ्चेदेखि लेगुवासम्मको १३ किलोमिटर सडकको ५ केही स्थानहरुमा कालोपत्र र अधिकांश ठाउँमा कल्भर्ड र नाली मात्र निर्माण गरेको छ । लेगुवाको राम बजार भोजपुर र संखुवासभा प्रवेश गर्ने एक मुख्य बजार पनि हो ।  यो सडक एक वर्ष अघि नै कालोपत्र भइसक्ने भनेर निर्माण कम्पनीले बताएको भएपनि हालसम्म नभएको स्थानीयले गुनासो गरेका छन् । मध्यपहाडि लोकमार्ग अन्तरगत धनकुटा हिलेदेखि पञ्चेसम्मको १३ किलोमिटर सडक कञ्चनजंगा कन्स्ट्रक्सन र पञ्चेदेखि लेगुवासम्मको १३ किलोमिटर सडक विरुवा कन्स्ट्रक्सनले तीन वर्ष भित्रमा निर्माण कार्य सम्पन्न गर्ने जिम्मा लिएका थिए ।  सम्झौता अनुसार २०७६ चैत मसान्तभित्र सडकमा कालोपत्र गरिसक्नु पर्ने थियो । तर, सो समयमा काम सम्पन्न नभएपछि सम्झौता अवधि गत पुस १५ सम्म थपिएको थियो । थपिएको अवधिभित्र पनि सडक कालोपत्र नभएपछि सरकारले गत माघ ११ गते पुनः आगामी असार मसान्तसम्म म्याद थप गरेको छ । अब थपिएको सम्झौता अवधिभित्र निर्माण सक्न निर्माण कम्पनीसँग मिलेर काम गर्ने मध्यपहाडी आयोजना कार्यालय पाँचथरका प्रमुख सुरेश न्यौपानेले बताए ।  उनले हिलेदेखि लेगुवासम्मको सडकमा अधिकांश ठाउँमा काम भइरहेपनि कोरोना संक्रमणको दोस्रो लहर समस्या पार्ने हो कि भन्ने चिन्ता थपिएको बताए । मध्यपहाडी आयोजना प्रमुख न्यौपानेले जिल्ला प्रशासन कार्यालयसँग सहकार्य गरी सडक निर्माणको लागि चाहिने सामग्री नेपाली बजारबाट ढुवानी भइरहेपनि भारतबाट ल्याउने सामान आयात गर्न समस्या भइरहेको बताए ।  यता विरुवा कन्स्ट्रक्सनका सञ्चालक सुवित श्रेष्ठले गत वर्ष भएको लकडाउनले केही असर गरेको र यो वर्ष पनि देशका केही जिल्लामा भएको लकडाउनले कालोपत्र सक्न समस्या भएको जानकारी दिए । उनले सडकको काम धमाधम भइरहेको भएपनि निर्माण सामग्री सकिन लागेकाले कोरोनाको दोस्रो लहरका कारण ल्याउन समस्या भइरहको बताए ।  ‘१३ किलोमिटर सडकमा ५ किलोमिटर कालोपत्र गरिएको र यो महीना थप ५ किलोमिटर सडक कालोपत्र गरिने योजना छ ।’ श्रेष्ठले भने ‘जेठमा बाँकी ३ किलोमिटर सडक कालोपत्र गरेर असारमा फिनिसिङको काम गर्ने योजनामा रहेका छौ, कोरोना कति असर गर्ने हो थाहा छैन ।’