कतारमा अवैध रूपमा बस्दै आएका नेपालीलाई आममाफी दिइने

कतारमा अवैध रूपमा रहेका नेपाली श्रमिकका लागि त्यहाँको सरकारले आममाफीको योजना ल्याएको छ । रोजगार भिसामा कतार गएर विभिन्न कारणले कतारी आईडी प्राप्त नगरेका वा नवीकरण हुन नसकी अवैध रूपमा बसेका नेपालीसहित विदेशी श्रमिकका लागि आममाफी दिने घोषणा सरकारले गरेको हो । कतार सरकारले कतारमा अवैध भएर बसेकालाई कतारमै रहेर वैध भई काम नियमित गर्ने वा स्वदेश फर्कने दुुवै विकल्प खुला गरेको कतारस्थित नेपाली दूतावासले जनाएको छ ।