देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुने सम्भावना

काठमाडौं।आज देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशमा पश्चिमी, पूर्वीय र स्थानीय वायुको मिश्रित प्रभाव रहेको छ। जसका कारण देशभर आंशिक देखि सामान्य बदली भई प्रदेश–१, प्रदेश–२, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने दिउँसो र भरे राति पनि वर्षाको सम्भावना छ।