संभावित क्षति रोक्न विपद व्यवस्थापनको तयारी सुरु, तीन ठाउँमा क्लष्टर निर्माण गरिने

चितवन : चितवनमा स्थानीय निकायसँगको समन्वयमा बाढी पहिरोलगायत विभिन्न घटनाबाट हुने क्षति रोक्न विपद व्यवस्थापनको पूर्व तयारी सुरु भएको छ। जिल्लाको पहाडी क्षेत्र पहिरोको जोखिममा रहेको र तल्लो क्षेत्रका विभिन्न ठाउँमा बाढीको उच्च जोखिम रहेकाले जोखिम घटाउन पूर्व तयारी थालिएको चितवनका प्रमुख जिल्ला अधिकारी तथा विपद व्यवस्थाप...

सम्बन्धित सामग्री

अन्तर्राष्ट्रिय झण्डा पार्क निर्माणको तयारी

पोखरामा अन्तर्राष्ट्रिय झण्डा पार्क निर्माणको तयारी सुरु गरिएको छ । पोखराको महेन्द्रपुलमा लायन्स क्लब लफ इन्टरनेसनलको आर्थिक सहयोगमा उक्त पार्क निर्माण गरिने पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बताए । चार तहको प्यारापिट शैलीमा निर्माण गरिने पार्कमा सबै देशको नामसहितका पिल्लर निर्माण गरिने र बीचमा सबैभन्दा अग्लो नेपालको झण्डा राखिने मेयर आचार्यले बताए । उक्त स्थानमा […]

म्याग्दी खोलामा चार जलविद्युत् आयोजना निर्माण हुँदै

म्याग्दी ।  म्याग्दीको पश्चिमी क्षेत्र भएर बहने म्याग्दी नदीमा १७२.८ मेगावाट क्षमताका चार जलविद्युत् आयोजना निर्माण सुरु गरिएका छन् । संसारको सातौं अग्लो धवलागिरि हिमालको फेदीबाट बग्ने म्याग्दी नदीमा दुई आयोजनाले पूर्वाधार निर्माण सुरु गरेका हुन् ।      थप दुई आयोजनाले लगानी जुटाएर पूर्वाधार निर्माणको तयारी गरेका छन् । डाँडाखेतमा १३२ केभी क्षमताको सबस्टेसन र राहुघाट जोड्ने प्रसारण लाइन निर्माणको तयारी भएसँगै अनुमति लिएर बसेका प्रवद्र्धक सक्रिय भएको मालिका गाउँपालिका–७ बिमका वडाध्यक्ष रेशम जुग्जालीले बताए । ‘नेपाल विद्युत् प्राधिकरणले डाँडाखेतमा सबस्टेसन र राहुघाट जोड्ने प्रसारण लाइन निर्माणका लागि ठेक्का सम्झौताको तयारी गरेसँगै जलविद्युत् आयोजना निर्माण अघि बढेका हुन्’,  उनले भने, ‘दुई आयोजनाले पूर्वाधार निर्माण सुरु गरिसकेका छन्, थप दुई तयारीमा छन् ।      गैरआवासीय नेपालीको अगुवाइमा धौलागिरि कालिका हाइड्रोले २५ मेगावाट क्षमताको दरवाङ–म्याग्दीखोला जलविद्युत् आयोजनाको सुुरुङको अडिट पोर्टल बनाउन थालेको छ । आयोजनाका इन्जिनियर प्रकाश शाहीले पहुँचमार्ग बनिसकेको, जग्गा, कार्यालय र क्याम्प व्यवस्थापन सकेर सुरुङको अडिट निर्माण सुरु गरेको जानकारी दिए ।      गोज्जामा अडिट नम्बर २ को पोर्टन निर्माण भइरहेको छ । बाँध र विद्युत्गृह निर्माणको तयारी भएको छ । मालिका–७ बिम र धवलागिरि गाउँपालिका–७ को सिमानामा पर्ने इल्पुमा बाँध रहने आयोजनाको पाँच किलोमिटर ५०० मिटर सुरुङ निर्माण गरिने भएको छ ।      धवलागिरि गाउँपालिका–४ मा हाइड्रो इम्पायर प्रालि काठमाडौंले निर्माण गर्न लागेको ३७ मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत् आयोजनाले विस्तृत अध्ययन सकेर पहुँचमार्ग निर्माण सुरु गरेको छ । हाइड्रो इम्पायरका अध्यक्ष जितबहादुर घर्तीले बिमको शिवरात्रि खोलादेखि भारबाङ, कल्लेनी, छहरी हुँदै बाँसबोटसम्म करिब पाँच किलोमिटर पहुँचमार्गको ट्रयाक खोलिसकेको बताए ।      धवलागिरि–४ मै भिजन हाइड्रो प्रालिले ५७.३ मेगावाट क्षमताको म्याग्दी खोला जलविद्युत् आयोजनाको संरचना तयारी सुरु गरेको छ । कम्पनीका प्रबन्ध निर्देशक सुशील पोखरेलले निर्माण अगाडि बढाउन विद्युत् विकास विभागबाट अध्ययन अनुमति पाइसकेको बताए ।      आयोजना निर्माणका लागि ठेक्का आह्वान गर्न टेन्डर डिजाइन, निर्माण अवधिभर आयोजनाको सुपरिवेक्षणलगायत कार्यका लागि हाइड्रो कन्सल्ट इन्जिनियरिङ कम्पनीसँग सम्झौता गरिसकेको उनले जानकारी दिए । अपर हाइड्रोपावर प्रालि काठमाडौंले धवलागिरि र मालिका गाउँपालिकाको भूगोलमा बनाउन लागेको ५३.५ मेगावाट क्षमत्ताको अपर म्याग्दी–१ जलविद्युत् आयोजना निर्माण स्थलमा सडक र विद्युत् सुविधा पु¥याउने काम भइरहेको छ ।       बेनीमा सम्पर्क कार्यालय स्थापना गरेर व्यवस्थापकीय काम गरिरहेको आयोजनाले प्रसारण लाइन पुगेपछि बाँध, सुरुङ र विद्युत्गृह निर्माणलाई तीव्रता दिने जनाएको छ । कल्लेनी हुँदै आयोजनाको बाँध निर्माणस्थल खाम्ला जोड्ने पहुँचमार्ग निर्माण भइरहेको छ । रासस