सर्वोच्चलाई राष्ट्रपतिको १५ बुँदे जवाफ– 'दलीय अनुशासन र नैतिकता अनुकूल नदेखिँदा प्रधानमन्त्री नियुक्त गर्न सकिएन'

राष्ट्रपति विद्यादेवी भण्डारीले भण्डारी राजनीतिक दलका सदस्यले पालना गर्नुपर्ने अनुशासन र नैतिकता अनुरूप नभएकाले धारा ७६ (५) अनुसारको प्रधानमन्त्रीमा कसैलाई नियुक्त नगरेको जवाफ सर्वोच्च अदालतलाई पठाएकी छिन् । राष्ट्रपति कार्यालयका निमित्त सचिव रूपनारायण भट्टराईले महान्यायाधिवक्ता कार्यालयमार्फत सर्वोच्चलाई लिखित जवाफ पेश गरेका हुन् । सर्वोच्चलाई पठाइएको १५ बुँदे लिखित जनाफमा राष्ट्रपति भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली दुवैले गरेको दाबी विश्वसनीय नभएको जवाफ पठाएकी हुन् ।&...