पूर्व इन्सपेक्टर ठगी आरोपमा पक्राउ

ठगी गरेको आरोपमा पूर्व इन्स्पेक्टरलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीका पूर्व इन्सपेक्टर खिलबहादुर केसीलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले रातोपाटीलाई बताए ।आफुले तिर्नुपर्ने रकम पैसा नभएको खाताको चेक दिएर उनले ठगेको आरोप छ ।पुतलीसडकस्थित रेमण्ड शपका सञ्चालक सञ्जय अधिकारीसहित ५ जनाले उनीविरुद्ध बैंकिङ कसुरको उजुर गरेका छन् । प्रारम्भिक अनुसन्धानबाट केसीले ५ करोडभन्दा बढी ठगेको देखिएको एसपी बस्नेतले बताएका छन् । सञ्जय अधिकारीलाई मात्र केसीले ४ क