७५३ स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौँ - आसन्न स्थानीय तह निर्वाचन सम्पन्न गराउन आज ७७ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृत र ६७६ स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । ७७ जिल्लाका मुख्य निर्वाचन अधिकृतले जिल्ला सदरमुकाम रहेको स्थानीय तहको केन्द्र र ६७६ निर्वाचन अधिकृतले सम्बन्धित पालिकाको केन्द्रमा कार्यालय स्थापना भएको आयोगले जनाएको छ ।  ...

सम्बन्धित सामग्री

स्थानीय तह निर्वाचन प्रक्रिया तीव्र

निर्वाचन आयोगले स्थानीय तह निर्वाचन, २०७९ का लागि सबै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । बिहीबार देशभरका ७५३ स्थानीय तहमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको आयोगले जनाएको छ ।

७५३ स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

निर्वाचन आयोगले आज विहिबार मुलुकका ७५३ स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय औपचारिक रुपमा स्थापना गरेको छ । ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृत र ६७६ वटा स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

७५३ स्थानीय तहमा निर्वाचन कार्यालय स्थापना

८ वैशाख, काठमाडौं । निर्वाचन आयोगले ७५३ वटै स्थानीय तहमा निर्वाचन कार्यालय स्थापना गरेको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई केन्द्रत गरेर आयोगले बिहीवार देशभरका ७५३ वटै स्थानीय तहमा निर्वाचन कार्यालय खोलेको हो । निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले सदरमुकाम बाहेकका ठाउँमा गउँपालिका तथा नगरपालिकाको कार्यालय नजिकै निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने बताए […]

देशभरका स्थानीय तहमा एकैदिन निर्वाचन कार्यालय स्थापना

काठमाडौं – निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि बिहीबार देशभरका स्थानीय तहमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । देशभरका ७५३ स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको आयोगले जनाएको हो । काठमाडौं महानगरको मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रिय सभागृहमा स्थापना गरिएको छ । काठमाडौंका मुख्य निर्वाचन अधिकृत राजु खतिवडाले अब […]