कैलालीमा ५० शय्याको कोभिड केयर सेन्टर सञ्चालनमा

कैलालीको निर्माणाधीन गेटा मेडिकल कलेजमा ५० शय्याको कोभिड केयर सेन्टर सञ्चालनमा आएको छ । अक्सिजन दिनु पर्ने सङ्क्रमितलाई राख्ने गरी कोभिड केयर सञ्चालन गरिएको हो । वैशाख २० गतेबाटै सञ्चालन हुने गरी तयारी अगाडि बढाइएको भए पनि अक्सिजन अभावका कारण केयर सेन्टर सञ्चालन गरिएको थिएन ।

सम्बन्धित सामग्री

गेटा मेडिकल कलेजमा ५० शय्याको कोभिड केयर सेन्टर सञ्चालन

१० जेठ, धनगढी । कैलालीमा निर्माणाधीन गेटा मेडिकल कलेजमा आइतबारदेखि ५० शय्याको कोभिड–१९ केयर सेन्टर स्थापना गरिएको छ । संघीय सरकार तथा धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र गौरीगंगा नगरपालिकाको समन्वयमा कोरोना संक्रमितको उपचारका लागि कोभिड–१९ केयर सञ्चालनमा ल्याइएको हो । गोदावरी नगरपालिकाका प्रवक्ता समेत रहेका कोभिड–१९ केयर सेन्टर उपसमितिका संयोजक शर्मानन्द भट्टले संक्रमितको उपचारका लागि […]

घ्याल्चोकमा कोभिड अस्पताल सञ्चालन

गण्डकी गाउँपालिका–८ घ्याल्चोकस्थित स्वास्थ्य चौकिमा १० बेड क्षमताको कोभिड–१९ उपचार केन्द्र सञ्चालनमा आएको छ । मेडिकल अफिसर सहितको स्वास्थ्यकर्मीको टिम राखेर केयर सेन्टर सञचालनमा ल्याइएको घ्याल्चोक स्वास्थ्यचौकिका इन्चार्ज विमल रेग्मीले बताए ।