नेपाली गोलभेँडा भारत निर्यात

भारत सरकारले नेपाली टमाटरको आयातमा अनुमति दिएसँगै भैरहवा भन्सार हुँदै नेपालको गोलभेँडा भारतीय बजारमा पुग्न थालेको छ । भैरहवा नाकाबाट नेपाली गोलभेँडा आधिकारिक रूपमा भारत निकासी भएको यो नै पहिलो पटक हो । डायमन्ड इन्टरनेसनल सिद्धार्थनगरले नेपाली गोलभेँडा भारत उत्तर प्रदेशको त्रिसागर फर्मर प्रोड्युसर कम्पनी लिमिटेडलाई उपलब्ध गराई निर्यातको सुरुवात गरेको हो । नेपाली टमाटर भारत निकासी हुँदा सीमावर्ती भारतको भन्सारमा बिनामहसुल निकासी हुने गरेको छ । नेपाली भन्सारमा पनि यसको निकासीमा कुनै शुल्क लाग्दैन ।

सम्बन्धित सामग्री

एकाएक किन मंहगाे भयाे गाेलभेँडा ?

काठमाडौं । उत्पादनको कमी र भारत निर्यात भएको कारण गोलभेँडाको मूल्य वृद्धि भएको व्यवसायीहरुले बताएका छन् । एक महिना अगाडि मात्रै नेपाली किसानहरुले उत्पादन गरेको गोलभेँडाले बजार मूल्य नपाउँदा सडकमा फाल्नु परेको थियो । तर ठिक एक महिनापछि गोलभेडाको मूल्य एक्कासी माथि पुगेको व्यवसायीहले बताए । उनीहरुले पछिल्लो समय किसानहरुले उत्पादन गरेको गोलभेँडा भारतमा समेत […]