प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता आनन्द पोख्रेलले सरकारलाई यथाशक्य चाँडो स्थानीय तहको निर्वाचन गर्ने गरि तयारी गर्न आग्रह गरेका छन् । उनले निर्वाचनको मुखमा आएर नेपालमा निर्वाचन हुन्छ कि हुँदैन भनेर बहस र छलफल हुनु नै दुःखद भएको उल्लेख गरेका छन् । उनले संविधान र कानुनप्रति नै आशङ्का जन्माउने काम नगर्न सरकारलाई सचेत गराए । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले संविधानले निर्दिष्ट गरेबमोजिम समयमै निर्वाचन हुनुपर्नेमा जोड दिए । उनले भने,“ऐनले प्रष्