झ्यालका खापा खट्खट् आवाज निकाल्छन् । देख्छु पश्चातापको हुरी झ्यालमा जोडले ठोक्किँदैछ ।
आँखा खोलेर ऐनामा हेर्छु, शिर निहुर्याएकाे अहङ्कार ढल्न-ढल्न खोज्दैछ । आँखा बन्द गरेर मनमा हेर्छु,
विषादको कुहिरोले अझै आत्मा डम्म ढाकेको छ । द्वेषका फुटेका सिसाका टुक्राहरु भुइँभरि छरपस्ट छन् ।
क्लेशको हुरीले प्रेमको वृक्षलाई नराम्ररी चुटेको छ ।