उपभोक्तामा डिजिटल साक्षरता भएन भने प्रविधिको दुरूपयोग बढ्छः सञ्चार सचिव डा. अर्याल

हाम्रो दैनिकीलाई सहज बनाउनेदेखि सरकारी र निजी सेवा प्रवाहमा डिजिटल प्रविधिको प्रयोगले व्यापकता पाइरहेको छ । आर्थिक कारोबार, शिक्षा, स्वास्थ्य, सरकारी सेवा सुविधालाई प्रविधिमैत्री र पहुँचयुक्त बनाउन विभिन्न तवरले नेपालमा पनि काम भइरहेको छ । तर डिजिटल सेवाग्राहीहरू बढिरहँदा उपभोक्ताको गुनासो र अधिकार कत्तिको सम्बोधन भएको छ भन्ने कुरा अहिले विश्वव्यापी रूपमा बहसको विषय...