सरकारको समर्थनमा नेकपा बाँके कार्यालयमा धर्ना

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको निरन्तरताको पक्षमा सोमबार नेकपा बाँकेका नेता कार्यकर्ताले नेपालगञ्जस्थित पार्टी कार्यालयमा धर्ना दिएका छन् । पार्टी कार्यालयमा आयोजित धर्नालाई सम्बोधन गर्दै नेकपा बाँकेका कार्यालय सदस्य निरक गुरुङ्गले अहिलेको अवस्थामा सरकार परिवर्तन आवश्यक नभएको बताउनुभयो । शीर्ष नेताहरुले देशभरका पार्टी कार्यकर्ता एकतावद्ध पार्टीको पक्षमा भएको कुरा बुभ्mनुहोस, साविक नेकपा बाँकेका उपाध्यक्ष समेत रहनुभएका गुरुङ्गले भन्नुभयो,– पार्टी एकता बिगार्ने प्रयास कुनैपनि कार्यकर्ताका लागि स्वीकार्य छैन । बर्तमान सरकारलाई निरन्तरता दिऔं, पार्टी एकता कायम गरौं भन्ने मुलनाराका साथ भएको कार्यक्रममा पार्टीका प्रदेश तथा जिल्ला स्तरीय नेता कार्यकर्तासँगै जनवर्गी सङ्गठनका नेता कार्यकर्ता सहभागी भएका थिए । पार्टी कार्यकर्ताहरु गाउँगाउँबाट कार्यक्रममा सहभागी हुन आएका थिए । नेकपा नेपालगञ्ज नगर कमिटीका सचिव दत्तप्रसाद आचार्यले पार्टी एकताको पक्षमा आम नेता कार्यकर्ता भएको भन्दै शीर्ष नेतृत्वलाई पार्टी एकताका लागि दबाब दिने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।

सम्बन्धित सामग्री

बाँकेमा पाँच सय पूर्वाधार योजनाको काम प्रभावित

निर्माण व्यवसायीको आन्दोलनका कारण बाँकेमा ५०० भन्दा बढी पूर्वाधार निर्माणका योजना प्रभावित भएका छन् । मूल्यवृद्धिअनुसारको मूल्य समायोजनको माग गर्दै निर्माण व्यवसायीले काम ठप्प पारेपछि बाँकेमा करिब रु सात अर्ब बढीका साना, ठूला योजना ठप्प भएको बाँके निर्माण व्यवसायी सङ्घका अध्यक्ष टेकबहादुर खड्काले बताए । उनका अनुसार, निर्माण व्यवसायी आन्दोलनमा लागेपछि बाँकेमा सरकारी तहबाट भइरहेका पूर्वाधार निर्माणका काम ठप्प भएका छन् । निर्माण व्यवसायीले दैनिक जिल्ला प्रशासन कार्यालयमा धर्ना दिँदै आएका छन् ।

चुनाव केन्द्रित अनेक छन् चर्चा - News of Nepal

कुमार श्रेष्ठ, बाँके टिकट बाँड्ने अधिकार पाएका कांग्रेसका क्षेत्रीय सभापतिहरु ‘सम्पर्कविहीन’ भए। एमालेमा नेपालगन्ज र कोहलपुरको केही वडामा उम्मेदवार छनौटप्रति असन्तुष्टि बढ्यो। उम्मेदवार टुंगिएकाहरुले भने घरदैलोलाई तीव्रता दिए। चुनावको विरोध गरिरहेको राजपाले निर्वाचन कार्यालयमा धर्ना दियो। रमजानको बीचमा सरकारले चुनावको मिति घोषणा गरेको भन्दै मुस्लिम समुदायले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाए। नजिकिँदो चुनावमा आपराधिक गतिविधि …