अर्थमन्त्री जनार्दन शर्माले दक्षिण कोरियाको इन्चोंनमा मंगलबार आयोजित दोस्रो हरित जलवायु कोष (जीसीएफ) ग्लोबल प्रोग्रामिङ सम्मेलनलाई सम्बोधन गरेका छन् । अर्थमन्त्री शर्माले सेप्टेम्बर १३ देखि १५ सम्म चल्ने उक्त सम्मेलनमा सम्बोधन गरेका हुन् ।कार्यक्रममा बोल्दै उनले दीर्घकालीन, न्यून उत्सर्जन, जलवायु प्रतिरोधी लगानी योजनाहरू कसरी सञ्चालन गर्ने भन्ने रणनीतिक बहस गर्नुपर्ने समय आइसकेको बताए । नेपाल जलवायु प्रतिरोधी लगानीका लागि विश्व समुदायसँग सहकार्य गर्न र भविष्यमा अझ बलियो साझेदारीका लागि तत्पर रहे