छिमेकी देशका खोपमा नेपालको भर

दुई छिमेकी देश भारत र चीनमा उत्पादन भएका कोभिड–१९ विरुद्धका खोप नेपालमा छिटो ल्याउन सकिने सुझाव विज्ञले दिएका छन् । चीनको खोपले अन्तर्राष्ट्रियस्तरमा अन्तिम मान्यता पाइनसकेकाले भारतमा बनेका खोपको भर पर्नुपर्ने अवस्था रहेको उनीहरूको भनाइ छ ।  ‘कोभिडविरुद्धको खोपका लागि हामीले भरोसा गर्ने एउटै सम्भावना भारतसँग छ,’ वरिष्ठ जनस्वास्थ्यविद् डा.शरद वन्तले भने, ‘सही तरिकाले प्रयास गरिए हामीलाई दुई–तीन करोड खोप दिन भारतलाई अप्ठ्यारो पर्दैन । दिल्लीका लागि जति पनि हामीलाई खोप चाहिँदैन ।’...