म्याकमा जूम कल सकिएपछि पनि माइक एक्टिभ नै रहने बग समाधान

जूमले म्याक कम्प्युटरमा कल सकिएपछि पनि माइक एक्टिभ नै रहने बगलाई समाधान गरेको छ । यसले प्रयोगकर्ताको प्राइभेसीमा समस्या ल्याउन सक्ने हुँदा यो फिचरलाई छिटो भन्दा छिटो समाधान गरिएको हो । जुमले प्रयोगकर्ताहरुको माइक नियन्त्रण गरिरहेको पाइएको थियो । म्याकका लागि जूमको ५.९.३ भर्सनमा समस्यालाई समाधान गरेको छ । मिटिङ वा वेबिनार लिभ गरेपछि पनि माइकले आरेन्ज रंगको...

सम्बन्धित सामग्री

निर्वाचन आचारसंहिताको उल्लंघन चर्को

उम्मेदवारले गाडीमा झन्डा राख्ने, चर्को माइक बजाएर चुनावी प्रचार गर्न निर्वाचन आचारसंहिताले रोक लगाएको छ । बागलुङमा भने दर्जनौ गाडीमा झन्डा राखेर प्रचारप्रसार भइरहेको छ । त्यो पनि मन्त्रालय तहमा रहने झन्डाभन्दा ठूलो आकारका प्रयोगमा ल्याइएको छ ।

नयाँ कार्यक्रम नआएसम्म सर्वोच्च परिसरमा आन्दोलन जारी राख्छौँ : श्रेष्ठ

काठमाडौँ– आन्दोलनको नयाँ कार्यक्रम नआउँदासम्म सार्वोच्च परिसरमा आन्दोलन यथावत रहने नेपाल बार एसोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताएका छन् । सर्वोच्च अदालत मुख्य रजिस्ट्रार लालबहादुर कुँवरलले आन्दोलनरत कानून व्यवसायीहरूलाई सोमबार फोन गरेर अदालत परिसरमा नाराबाजी नगर्न आग्रह गरेका थिए । सर्वोच्च प्रशासनका तर्फबाट आफूहरूलाई नाराबाजी र माइक प्रयोग नगर्न भनिएपनि आन्दोलनको नयाँ कार्यक्रम नआएसम्म विरोधको कार्यधक्रमलाई […]

आन्दोलनरत कानुन व्यवसायीहरूलाई अदालत परिसरमा नाराबाजी नगर्न अनुरोध

काठमाडौँ । सर्वोच्च अदालत प्रशासनले आन्दोलनरत कानुन व्यवसायीहरूलाई अदालत परिसरमा नाराबाजी नगर्न भनेको छ । सोमबार सर्वोच्चका मुख्य रजिस्ट्रार लालबहादुर कुँवरले फोन गरेर मूलगेटमा नाराबाजी नगर्न अनुरोध गरेका हुन् । सर्वोच्चका तर्फबाट आफूहरूलाई नाराबाजी र माइक प्रयोग नगर्न भनिएको छ । सर्वोच्चले भने पनि आफूहरूको आन्दोलन भने निरन्तर जारी रहने कानुन व्यवसायीहरूले बताएका छन् । […]

माइक, मञ्च र मालाबाट टाढै रहने सदावहार उत्कृष्ट करदाता

सात पटक सर्वाेत्कृष्ट करदातामा नाम दर्ज गरेका राणाको सिप्रदी ट्रेडिङ, सोल्टी होटल, सूर्य नेपाललगायतमा लगानी छ  ।

माइक, मञ्च र मालाबाट टाढै रहने सदावहार उत्कृष्ट करदाता

सात पटक सर्वाेत्कृष्ट करदातामा नाम दर्ज गरेका राणाको सिप्रदी ट्रेडिङ, सोल्टी होटल, सूर्य नेपाललगायतमा लगानी छ  ।

प्रदेश १ को संसद् भवन तयार

विराटनगर । २ करोड ५९ लाख रुपैयाँ लागतमा प्रदेश १ को राजधानी विराटनगरमा प्रदेशसभाको नयाँ भवन निर्माण सम्पन्न भएको छ । साविक जिल्ला विकास समितिको सभाहललाई यसअघि प्रदेश संसद् भवनको रूपमा प्रयोग गरिँदै आएको थियो । असोज २२ गते संसद्को पहिलो बैंठक नयाँ भवनमा बस्दै छ । प्रदेशसभा सञ्चालन भएको साढे ३ वर्षपछि बनेको नयाँ भवनको बुधवार प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले उद्घाटन गरेका छन् । भवन निर्माणका लागि श्री स्वामीनारायण निर्माण सेवा धरानले २०७८ वैशाख ३० गतेसम्ममा काम सक्नेगरी सम्झौता गरेको थियो । निर्माण सम्पन्न भएसँगै १६ लाख रुपैयाँको फर्निचर, १६ लाख रुपैयाँको साउण्ड सिस्टम खरीदका साथै १७ लाख रुपैयाँ खर्चेर आन्तरिक सजावट गरिएको छ । प्रदेशसभा सदस्यहरूले प्रदेशसभाको भवन साँघुरो भएको विषय उठाउन थालेपछि २०७७ असोज १ गते सभामुख प्रदीपकुमार भण्डारीले नयाँ भवनको शिलान्यास गरेका थिए । भवन उद्घाटन कार्यक्रममा मुख्यमन्त्री आचार्यले राजधानीमा रहने प्रादेशिक कार्यालयको संरचना निर्माणका लागि जग्गाको खोजीमा सरकार लागेको बताएका छन् । आचार्य विराटनगरमा राजधानी हुनु हुँदैन भन्ने पक्षमा यसअघि लबिङ गर्ने प्रदेशसभा सदस्य हुन् । ‘हामीले जग्गा खोजीका लागि समिति निर्माण गरेर कामको शुरुआत गरेका छौं,’ उनले भने, ‘संसद्ले गरेको निर्णयको आधारमा राजधानीका संरचना निर्माण कहाँ गर्ने भन्ने विषयमा छिट्टै टुंगो लाग्नेछ ।’ प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार नवनिर्मित भवनमा सभामुखबाहेक ९२ जना सांसद बस्न छुट्टाछुट्टै टेबल कुर्सीको व्यवस्था गरिएको छ । नयाँ भवनमा सभामुख र रोष्ट्रम भएको क्षेत्रलाई समेत फराकिलो बनाइएको छ । साथै पत्रकार र अन्य मन्त्रालयगत कर्मचारीका लागि पूरै संसद् देखिनेगरी हलको माथिल्लो भागमा बस्ने व्यवस्था मिलाइएको छ । दर्शकदीर्घामा ४० जना अट्ने क्षमता छ, जसमा संसदीय रिपोर्टिङ गर्ने पत्रकारका लागि २० र अन्य मन्त्रालयगत कर्मचारी तथा सम्बन्धित व्यक्तिका लागि २० ओटा सीटको व्यवस्था मिलाइएको छ । नयाँ भवनमा टेबल कुर्सी राखेसँगै सांसदलाई कुनै कुरामा समर्थन गर्नुपरे टेबुल बजाउन सजिलो भएको छ । यसअघि कुर्सीको अघिल्तिर टेबुल र माइक थिएन । अहिले टेबुलमै माइक जडान छ ।

पोल्यान्डमा थप सैनिक तैनाथ गर्न सम्झौता

संयुक्तराज्य अमेरिकाका विदेशमन्त्री माइक पोम्पेओले पूर्वी युरोपेली मुलुक पोल्यान्डमा थप अमेरिकी सैनिक तैनाथ गर्नेसम्बन्धी एक सम्झौतामा हस्ताक्षर गरेका छन् । मध्य तथा पूर्वी युरोपेली मुलुकहरुको भ्रमणको अन्त्यमा पोल्यान्डको राजधानी वार्सामा आयोजित समारोहमा पोल्यान्डका रक्षामन्त्री मेरिअस्ज ब्लाजाकसँग सम्झौतामा हस्ताक्षर गर्नु भएको हो । यो सम्झौतापछि पोल्यान्डमा थप अमेरिकी सेना तैनाथ गर्न अमेरिकालाई बाटो खुलेको छ । सम्झौता समारोहलाई सम्बोधन गर्दै पोल्यान्डका राष्ट्रपति आन्द्रेज डुडाले कुनै सुरक्षा खतरा उत्पन्न भए अमेरिकी सेनासँग काँधमा काँध मिलाएर लड्न पोलिस सेना तत्पर रहने वचनबद्धता प्रकट गरे ।