गएको केही दिनदेखि देशभर वायु प्रदूषण ह्वात्तै बढेको छ। देशभर करिब ४०० भन्दा बढी क्षेत्रमा लागेको डढेलोको कारण प्रदूषण बढेको बताइन्छ। कोरोनाको त्रासबिच बढेको प्रदूषणका कारण श्वासप्रश्वासमा समस्या आउनुका साथै आँखा पोल्ने घटनाहरु बढेको छ। स्वास्थ्यमा असर पर्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ। काठमाडौं उपत्यकामा हानीकारण तुवाँलो मडारिएको छ।…