मुगुबाट प्रतिनिधि सभा सदस्यमा कांग्रेसका ऐनबहादुर शाही निर्वाचित

१० मंसिर, काठमाडौं । मुगुबाट नेपाली कांग्रेसका ऐनबहादुर शाही प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । नेकपा एमालेका राजबहादुर कार्कीलाई पराजित गर्दै शाही प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । शाहीले १४ हजार ७०२ मत पाए भने एमालेका कार्कीले १० हजार ७०८ मत पाए ।