इयुद्वारा  कोप–२७ मा ‘अस्वीकार्य’ उत्सर्जन प्रस्ताव अस्वीकार

युरोपेली संघले शनिबार जलवायु शिखर सम्मेलनमा सम्झौताको लागि  कोप–२७ आयोजक देश इजिप्टको प्रस्तावलाई ‘अस्वीकार्य’ भनी अस्वीकार  गरेको छ । फ्रान्सेली अधिकारीले उक्त प्रस्ताव कार्बन उत्सर्जन घटाउन अपर्याप्त र केवल महत्वाकांक्षी मात्र रहेको बताएको छ । ‘यस चरणमा इजिप्टले ग्लासगोमा उत्सर्जन घटाउनेमा भएको लाभमाथि प्रश्न उठाइरहेको छ’ फ्रान्सेली ऊर्जा संक्रमण मन्त्रालयका अधिकारीले गत वर्षको कोप–२७ को नतिजालाई उल्लेख गर्दै एएफपीलाई  बताएका  छन् ।