एमाले दशौं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक

नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गरेको छ । एमाले महासचिव ईश्वर पोखरेलले ललितपुरस्थित तुल्सीलाल आमात्य प्रतिष्ठानमा आयोजित एक कार्यक्रममार्फत आज  ‘एक सिंगे  गैडाले पार्टीको झण्डा बोकेको’ महाधिवेशनको लोगो सार्वजनिक गरेका हुन् । एमाले दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिद्वारा लोगो सार्वजनिक कार्यक्रममर्फत पार्टी सदस्यबाट रु १०० रुपैयाँ उठाउन समेत सुरु गरिएको छ । एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले रु १००० रुपैयाँ हालेर शुल्क उठाउन