वालिङ, १ साउन । सुत्केरी आमालाई पोषिलो खाना कार्यक्रमअन्तर्गत स्याङ्जामा सात सय ४८ सुत्केरी लाभान्वित भएका छन् । जिल्लाभित्र तथा जिल्ला बाहिरका स्वास्थ्य संस्थाबाट सुत्केरी भएका आमालाई पोषिलो खाना कार्यक्रमअन्तर्गत जनही नौ हजार उपलब्ध गराइएको स्वास्थ्य कार्यालयका प्रमुख वसुन्धरा शर्माले बताइन्। अतिविपन्न, दलित, अपाङ्ग र लोपोन्मुख समुदायका सुत्केरी आमा र बच्चा कुपोषणको जोखिममा हुने सम्भावना […]