पछिल्लो समय बहसको विषय बनेको अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) तत्काल खारेज गर्न स्वतन्त्र नागरिक समूहले सरकारसँग माग गरेको छ । सैनिक सहकार्यको यो प्रस्ताव दुई सरकारद्वारा स्वीकृत भएर यथार्थमा परिणत भयो भने त्यसले विशिष्ट भूराजनीतिक अवस्थितिमा रहेको नेपालमा भूराजनीतिक द्वन्द्व चर्काउने समूहको निष्कर्ष रहेको छ । सम्झौताले नेपालजस्तो सानो मुलुकले अवलम्बन गरिरहेको र नेपालको संविधानमा समेत लेखिएको स्वतन्त्र तथा असंलग्न परराष्ट्र नीति धुजा धुजा हुने र नेपाल चीनविरुद्ध अमेरिकासँग