बिजुलीको खपत र निर्यात बढाउन पूर्वाधार विस्तार गर्दै प्राधिकरण

नेपाल विद्युत् प्राधिकरणले आन्तरिक रुपमै बिजुली खपत गर्नका लागि प्रसारण तथा वितरण प्रणालीलाई थप विस्तार र सुदृढ गर्ने भएको छ । देशभित्र खपत गरी बढी भएको बिजुली भारत र बंगलादेशमा निर्यात गर्न प्राधिकरणले थप प्रसारण पूर्वाधार विस्तार गर्ने छ ।