आगोले जलेर बाबु–छोरी घाइते

कालिकोटको खाँडाचक्र नगरपालिका- ५ दाम्रीको नवदुर्गा सामुदायिक वनमा आगलागी हुँदा एकै परिवारका बाबु–छोरी घाइते भएका छन्।...

सम्बन्धित सामग्री

डोटीमा आगोले जलेर एक महिला घाइते

डोटी । डोटीमा आगोले जलेर एक महिला घाइते भएकी छन्। आज शिखर नगरपालिका–४ सेलबुङ्गाकी ४१ वर्षीय चन्द्रादेवी भण्डारी आगोले जलेर घाइते भएकी हुन्। दिउँसो करिब ४ बजेतिर जङ्गलमा लागेको आगोले जलेर भण्डारी घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव निरीक्षक नारायणसिं नेगीले बताए। पातालीसैन सामुदायिक वनमा सिँचाई योजनाको कुलो खन्नेक्रममा भण्डारी जलेर घाइते भएकी […]

आगोले जलेर बालिकाको मृत्यु

डोल्पा, मुड्केचुला गाउँपालिका-७ सर्मी बस्ने बबि सार्कीकी छोरी ४ वर्षीया युनिका सार्कीको आगोले जलेर सोमबार राति मृत्यु भएको छ । आफ्नै घरको भान्छा कोठाको चुलोमा परी जलेर गम्भीर घाइते भएकी उनको स्वास्थ्य चौकी सर्मिमा उपचारपश्चात घरमा ल्याई राखेकोमा उनको मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

आगोले जलेर दुई जनाको मृत्यु

काठमाडौं । छुट्टाछुट्टै स्थानमा आगले जलेर २ जनाको मृत्यु भएको छ । नवलपरासी(पश्चिम) स्थित बर्दघाट नगरपालिका-४ हरियाली बस्ती बस्ने ८० वर्षीया तारादेवी पराजुलीको आगोले जलेर मृत्यु भएको छ ।  आफ्नै घरमा आगो ताप्ने क्रममा

आगोले जलेर घाइते

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिकामा आगो ताप्ने क्रममा जलेर एक वृद्धा घाइते भएकी छन्। शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० खल्ला टोलकी अन्दाजी ७० वर्षीया पुतलीदेवी सदाशंकर आफ्नै घरमा आगो ताप्ने क्रममा आज दिउँसो जलेर घाइते भएकी हुन्।आगलागीबाट शरीरको विभिन्न भाग जलेर उनी घाइते भएकी इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले बताए।कैलालीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारपछि थप उपचारका लागि उनलाई नेपालगञ्ज लगिएको छ।

आगोले जलेर वृद्धाको मृत्यु

संखुवासभा :  संखुवासभाको चैनपुर नगरपालिका–११ कि ८६ वर्षीया मनमाया मगरको आगोले जलेर मृत्यु भएको छ।घरमा एक्लै बस्दै आएकी वृद्धाले चुलोमा आगो सल्काउने क्रममा अचानक आफनै कपडामा आगो सल्किएको थियो। जसले गर्दा उनी गम्भीर घाइते भएकी थिइन्।गम्भिर अवस्थामा उनलाई आफन्तले आज बिहान ७ बजे फेला पारी उपचारको लागि जिल्ला अस्पताल खाँदबारी ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

जुम्लामा आगोले जलेर एक जनाको मृत्यु

जुम्लामा आगोले जलेर एक जनाको मृत्यु भएको छ । ताप्न बालेको आगो शरीरमा सल्केर यहाँको तातोपानी गाउँपालिका–४ गिरीखोलाका २६ वर्षीय गोविन्द रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताए । चिसोका कारण न्यानो बनाउनका लागि बालेको आगो ताप्दै गर्दा शरीरमा आगो सल्किन गई घाइते भएका रोकायाको उपचारका क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक चन्देले बताए । बिहीबार दिउँसो ५ बजेतिरको समयमा रोकाया गाउँ नजिकको रानीजङ्गलमा बाख्रा चराउन गएका थिए । चिसोका कारण आगो बालेर ताप्ने क्रममा शरीरमा आ...

आगोले जलेर जुम्लामा एक जनाकाे ज्यान गयाे

जुम्ला - जुम्लामा आगोले जलेर एक जनाको ज्यान गएकाे छ। आगाेले जलेर तातोपानी गाउँपालिका–४ गिरिखोलाका २६ वर्षीय गोविन्द रोकायाको ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताउनुभयो । आगो ताप्दै गर्दा शरीरमा आगो सल्किएपछि घाइते भएका रोकायाको उपचारका क्रममा ज्यान गएकाे प्रहरी उपरीक्षक चन्दले बताउनुभयो । बिहीवार दिउँसो ५ बजेतिर रोकाया गाउँ नजिकको रानीजङ्गलमा बाख्रा चराउन जानु भएकाे थियाे ।  चिसोका कारण आगो बालेर ताप्ने क्रममा शरीरमा आगो लागेपछि रोकाया चिच्च...

सर्लाहीमा आगोले जलेर तीनको मृत्यु

सर्लाहीमा आगोले जलेर तीन जनाको मृत्यु भएको छ । परालले बनेको घरमा गए राति ९ः१५ बजेको समयमा विद्युत् सर्ट भएर आगलागी हुँदा सर्लाहीको कविलासी नगरपालिका–७ सिरसिरया निवासी जोगी महराकी आठ वर्षीया छोरी लक्ष्मी र तीन वर्षकी छोरी सुगन्धीको जलेर मृत्यु भएको हो । आगोले जलेर गम्भीर घाइते दुवै बालिकाको जिल्ला अस्पताल मलङ्गवामा समान्य उपचारपछि थप उपचारका लागि काठमाडौँ लगिँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । फुसको घरमा जाडोबाट बच्न परालको ओछ्यानमा सुतेको अवस्थामा अचानक आगलागी हुँदा मृतक

मोरङको रतुवामाईमा आगोले जलेर महिलाको मृत्यु

विराटनगर / मोरङको रतुवामाईमा आगोले जलेर ४९ वर्षीया महिलाको मृत्यु भएको छ । शरीरमा लगाएको कपडाबाट सल्किएको आगोले जलेर घाइते रतुवामाई नगरपालिका–४ आमबारीकी फूलकुमारी राजवंशीको उपचारका क्रममा ज्यान गएको हो । मोरङ प्रहरी प्रमुख प्रमुख एसपी सन्तोष खड्काकाअनुसार घरमा बालेर ताप्ने क्रममा शरीरमा लगाएको कपडाबाट आगो सल्किएर उनी शनिबारसाँझ ६ः२० बजेतिर घाइते भएकी थिइन् ।... The post मोरङको रतुवामाईमा आगोले जलेर महिलाको मृत्यु appeared first on Purbeli News.

आगोले जलेर घाइते कञ्चनदेवीको उपचारको क्रममा मृत्यु

६ माघ, जनकपुरधाम । महोत्तरीमा आगोले जलेर घाइते भएकी एक महिलाको उपचारको क्रममा दुई महिनापछि मृत्यु भएको छ । मनरासिस्वा नगरपालिका वडा नम्बर ३ सुनौल बस्ने ३० वर्षीया कञ्चनदेवी महतोको आगोमा जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । बच्चालाई लगाउने गाजल दीपमा सेक्ने क्रममा गत मंसिर ८ गते उनको शरीरमा आगो लागेको थियो । तत्कालै […]