इभी नेपाल मोटर्सको नयाँ गाडी लन्च, शोरुम पनि सञ्चालनमा

काठमाडौंको नक्सालमा इभी नेपाल मोटर्सले नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले बिहीबारदेखि शोरुम सञ्चालनमा ल्याएको हो । विगत लामो समयदेखि दुई पांग्रे सवारी साधन बिक्री वितरण गर्दै आएको इभी नेपाल मोटर्सले अब चार पांग्रे सवारी साधनबाट अत्यधिक सेवा सुविधा दिलाउने उद्देश्य लिई उक्त शो रुम सञ्चालनमा ल्याएको जनाएको छ । इभी नेपाल मोटर्स एउटा उच्चस्तरीय अन्तर्राष्ट्रिय गाडी उत्पादक ब्राण्ड हो । यसले हाल विलिङ मोटर्स अन्तर्गत पीटी एसजीएमडब्लु मोटर इन्डोनेसियाको लागि उक्त शोरुम सञ्चालनमा ल्याउनुका