टीकापुर नगरपालिकाको नवौं नगरसभा पुनः स्थगित

टीकापुर नगरपालिकाको नवौं नगरसभा वडा विभाजनमा सहमति जुट्न नसकेपछि आज पुनः स्थगित भएको छ। नगरसभा असार १९ गते १ बजेसम्मका लागि स्थगित भएको सदस्य सचिव मोहन अर्यालले जानकारी दिए। असार ६ गते सुरु भएको नगरसभा यसअघि १० गते समेत स्थगित भएको थियो।

सम्बन्धित सामग्री

मेयरका कारण वडा विभाजन हुन नसकेको आरोप

टीकापुर नगरपालिकाको नवौं नगरसभा वडा विभाजनको प्रस्ताव पेश नगरेरै सम्पन्न भएको छ। कार्यपालिका बैठकमा व्यापक छलफल भए पनि वडा विभाजनका बारेमा नगरसभामा प्रस्ताव पेश हुन सकेन।

सहमति जुट्न नसक्दा टीकापुर नगरपालिकाको नगरसभा स्थगित

२५ असार, कैलाली । टीकापुर नगरपालिकाको नगर सभा बैठक पुनः सूचना टाँस गरी स्थगन भएको छ । आज अपराह्नका लागि तय भएको सो बैठक यही असार ३० गतेका लागि तोकिएको छ । असार १० मा बसेको पहिलो दिनको नगरसभा पछि असार १७ र १९ गते पनि बैठक बस्न सकेन । वडा विभाजनको विषयमा सहमति जुट्न […]

वडा विभाजन विवादले नगरसभा प्रभावित

वडा विभाजन विवादले टीकापुर नगरपालिकाको नगरसभा प्रभावित भएको छ । टीकापुर नगरपालिका १ र २ को जनसंख्या र भूगोल बढी भएको भन्दै वडा विभाजन गर्न खोजिएको हो ।

वडा विभाजनको मुद्दा पेचिलो, नगरसभा अनिश्चित

टीकापुर नगरपालिकाको आठौं नगरसभा स्थगित भएको डेढ सातासम्म पनि पुनः सुचारु हुन सकेको छैन। पुस २६ गते सुरु भएको नगरसभा वडा विभाजनको प्रस्तावमा सहमति जुट्न नसकेपछि दोस्रो दिन नै स्थगित भएको थियो।