रसिया विश्वकै लागि प्रत्यक्ष खतरा : युरोपियन कमिसन अध्यक्ष

युरोपियन कमिसनका अध्यक्ष उरसुला भोन डेर लेएनले रसिया विश्वकै लागि ‘प्रत्यक्ष खतरा’ भएको बताएकी छिन्। टोक्योमा जापानी प्रधानमन्त्री फुमियो किशिदासँगको छलफलपछि उनले रसियाको आलोचना गरेकी हुन्। रसिया र युक्रेनबिच युद्ध सुरु भएको आज ७७ दिन पुगेको छ। डोनबास र लुहान्स्कलाई नियन्त्रणमा लिन दुवै पक्षबिच अझै लडाइँ भइरहेको छ। यही बेला…

सम्बन्धित सामग्री

पोर्चुगल शेंगेन क्षेत्रबाट हट्ने जोखिममा, के असर पर्छ ?

युरोपको शेंगेन क्षेत्रमा पर्ने पोर्चुगल अब उक्त क्षेत्रबाट हट्ने जोखिममा परेको छ । युरोपियन युनियनबाट लागु गरिएको नयाँ सिमा सुरक्षा कार्यान्वयन गर्नमा पोर्चुगलले ढिलो गरेका कारण शेंगेन क्षेत्रबाट हट्ने खतरा उत्पन्न भएको हो । मुख्य फोकस नयाँ सीमा नियन्त्रण प्रणालीको स्थापना हो। कार्यादेश अनुसार यो जुलाईसम्म पूर्ण रूपमा सञ्चालन र प्रमाणीकरण गर्न आवश्यक छ। यदि […]

बार्सिलोनालाई झड्का

युरोपियन च्याम्पियन्स लिग फुटबलमा बार्सिलोना लगातार दोस्रो सिजन समूह चरणबाटै बाहिरिने खतरा बढेको छ । जित्नुपर्ने दबाबमा रहेको अवस्थामा इन्टर मिलानसँगको खेलमा बराबरीमै रोखिएपछि बार्सालाई झड्का लागेको हो ।  गृहमैदान नउक्याम्पमा...

च्याम्पियन्स लिग: इन्टरसँग बार्सिलोनाको बराबरी समूहचरणबाटै बाहिरिने खतरा

युरोपियन च्याम्पियन्स लिग फुटबलमा बार्सिलोना लगातार दोस्रो सिजन समूहचरणबाटै बाहिरिने खतरा बढेको छ। जित्नु पर्ने दबाबमा बार्सिलोना बुधबार राति नउक्याम्पमा इटालियन क्लब इन्टरमिलानसँग ३-३ गोलको बराबरी खेलेपनि बार्सिलोनाको संकट भने थप बढेको छ। हार उन्मुख बार्सिलोनाका लागि रोवर्ट लेवान्डोस्कीले दुई गोल गर्दै टिमका लागि १ अंक खोसेका थिए। गत हप्ता सान सिरोमा पराजित भएपछि बार्सिलोनालाई […]

तालिबानप्रतिको उदारताले खतरा निम्त्याउँछ : पूर्व अफगान मन्त्री

काठमाडौं– अफगानिस्तानकी पूर्वमन्त्रीले तालिबान प्रतिको उदारताले खतरा निम्त्याउने चेतावनी दिएकी छिन् । युरोपियन फाउण्डेशन फर साउथ एसियन स्टडिजसँगको अन्तरवार्ताका क्रममा अफगानिस्तानकी पूर्व पेट्रोलियम तथा खानी मन्त्री नरगिस नेहनले यस्तो बताएकी हुन् । तालिबानप्रति उदार व्यवहार गर्नाले विश्वका अन्य क्षेत्रमा पनि अतिवादी समूहलाई फाइदा पुग्ने उनको भनाइ छ । अहिले सत्तामा आएको नयाँ तालिबान पुरानो तालिबानभन्दा […]

युक्रेनमा रहेका नेपाली नागरिकको उद्धारका लागि के गर्दै छ नेपाल सरकार?

युक्रेनमा सङ्कट गहिरिएसँगै परराष्ट्र मन्त्रालयले उक्त देशमा रहेका नेपाली नागरिकहरूको 'विवरण लिन थालिएको र घटनालाई नजिकबाट नियालिरहेको' बताएको छ।पूर्वी युक्रेनस्थित पृथक्तावादीहरूको पकड रहेका दुई वटा क्षेत्रलाई रुसले राज्यका रूपमा मान्यता दिएसँगै त्यहाँको सङ्कट थप गहिरिएको हो।ती क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिँदै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना सेनालाई युक्रेनी भूमिमा प्रवेश गर्न आदेश दिएका छन्।रुसी कदमको अमेरिका र युरोपेली देशहरूसहित पश्चिमा शक्तिले आलोचना गरेका छन्।यस्तो अवस्थामा युक्रेनमा जुनसुकै बेला ठूलो युद्ध हुनसक्ने भन्दै त्यहाँ रहेका नेपाली नागरिकहरू 'त्रसित अवस्थामा बसेको' बीबीसीको सम्पर्कमा आएका युक्रेनस्थित नेपाली विद्यार्थीले बताएका छन्।परराष्ट्र मन्त्रालयको भनाइयुक्रेनमा रहेका नेपालीबारे चिन्ता व्यक्त भइरहेका बेला त्यहाँ रहेका नेपालीहरूको यकिन विवरण लिन थालिएको परराष्ट्र मन्त्रालयको भनाइ छ।परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बीबीसीसँग भनिन्, 'यसको बारेमा हामी जानकार छौँ। घटनालाई हामीले नजिकबाट नियाली रहेका छौँ।''युक्रेन हेर्ने जर्मनीस्थित दूतावासलाई पत्राचार गरेर हामीले कति नेपाली छन् भनेर बुझेका पनि छौँ।'जानकार अधिकारीहरूका भनाइमा युक्रेनमा धेरै ठूलो सङ्ख्यामा नेपालीहरू रहेका छैनन्।त्यहाँ स्थायी हिसाबले बसोबास वा व्यवसाय गर्ने नेपालीहरू निकै कम छन्।तर चिकित्सासहित व्यवस्थापन सङ्कायमा अध्ययन गर्न गएका विद्यार्थीको सङ्ख्या भने उल्लेख्य रहेको बताइन्छ।त्यस्तै युरोपका अन्य देश वा अमेरिका जानका लागि युक्रेनलाई ट्रान्जिट बनाएर बसेका केही नेपाली पनि रहेको जानकारी आएको अधिकारीहरूको भनाइ छ।जर्मनीस्थित दूतावासले युक्रेनमा रहेका एक सयभन्दा बढी नेपालीको विवरण लिएको बताइएको छ।नेपालीहरूलाई उद्धार गर्नुपर्ने अवस्था आए त्यसका लागि सहजीकरण गर्न गैर आवासीय नेपाली सङ्घ लगायतका संस्थाहरूसँग पनि कुराकानी गरिएको प्रवक्ता लम्सालको भनाइ छ।'हामी त्रासमा बाँचिरहेका छौँ'युक्रेनको राजधानी किएभस्थित इन्टरन्याशनल युरोपियन युनिभर्सिटीमा व्यवस्थापनमा स्नातक अध्ययनरत एक जना नेपाली विद्यार्थीले 'आफूहरू त्रासमा बाँचिरहेको' बताएका छन्।नेपालको पोखरा घर भएका लोकेश मगरले टेलिफोनमा बीबीसीसँग कुराकानी गर्दै भने, 'अहिले हामी विदेशी विद्यार्थीहरू त्रासपूर्ण अवस्थामा बसिरहेका छौँ। फ्रान्स, इटली, ब्रजिलजस्ता देशका साथीहरू गइसके। भारतका पनि जान लागेका छन्। अहिले अवस्था निकै त्रासपूर्ण छ।'उनका भनाइमा रुसले युक्रेनमाथि हमला गर्छ भन्ने हल्ला भएपछि विदेशी विद्यार्थीहरूसहित उनले पनि किएभ छाडेका थिए।किएभ छाडेर केही दिन युक्रेनको पश्चिमी सहर लीभीभमा गएर बसेपछि दुई दिनअघि मात्र आफू किएभ फर्किएको उनको दाबी छ।त्यस्तै पूर्वी युक्रेनको विवादित क्षेत्र नजिकका सहरमा अध्ययनरत नेपाली विद्यार्थीहरू पनि अहिले राजधानी किएभ र पोल्यान्ड नजिकैको लीभीभ सहरतर्फ सरेको आफूले थाहा पाएको उनको भनाइ छ।किएभका स्थानीय ठूला व्यापारीहरूले देशै छाडेको खबरहरू आएको मगरले बताए। युक्रेनका नागरिकमा पनि त्रास देखिएको र अवस्था सामान्य जस्तो नलाग्ने उनले जानकारी दिए।आफू जर्मनीस्थित नेपाली दूतावासको नियमित सम्पर्कमा रहेको र आवश्यक पर्दा उद्धार हुन्छ भन्ने आश्वासन पाएको उनले बताए।पूर्वोत्तर युक्रेनको खर्किभ सहरस्थित खर्किभ पोलिटेक्निक इन्स्टिट्युटमा इन्जिनियरिङमा स्नातक गरिरहेका र हाल किएभमा रहेका अर्का नेपाली विद्यार्थीले चाहिँ 'अवस्था खासै खतरनाक नभएको' बताए।बीबीसीसँगको टेलिफोन कुराकानीमा लमजुङ घर भएका किशोर थापाले भने, 'अहिले नै अवस्था धेरै खराब भएको छैन। त्यस्तो अवस्था आयो भने सरकारले पक्कै उद्धार गर्ला।'उनका भनाइमा कतिपय नेपालीहरूले चाहिँ त्रासका कारण मध्यपूर्वका देशहरू हुँदै नेपाल फर्कन थालेका छन्।केही साथीहरूले चाहिँ दुबईको भिसा लगाएर गए तर यहाँ पनि भारत र पाकिस्तानबीच कश्मीरमा भएजस्तै त हो,' उनले भने, 'अहिलेसम्म खतरा महसुस गरेका छैनौँ।' -बिबिसीबाट

तरलता समस्याः कारण र समाधान

नन्दलाल खरेलतरलता भनेको बैंकिङ क्षेत्रको ‘लगानी योग्य पुँजी’ हो । तरलता बढ्नु भनेको अर्थतन्त्रको सकारात्मक सूचकाङ्क हो भने तरलताको अभाव हुनु भनेको मुलुकको आर्थिक संकटको खतरा हो । नेपालको बैंकिङ क्षेत्रमा तरलता समस्या सधैंको टाउको दुखाइ बनिरहेको छ । यही समस्याको कारण हाम्रो देशमा बैंक व्याजदर छोटो समयमा उतारचढाव भइरहेको छ । नेपाल राष्ट्रबैंकले बैंक तथा बित्तीय संस्थाहरुलाई लगानी निक्षेप अनुपात ९० प्रतिशतको सिमा दिएको छ । पुस मसान्तसम्म बैंकहरुको औषत सीडी रेसियो ९० दशमलव २४ प्रतिशत पुगेको छ ।  तसर्थ, थप निक्षेप संकलन नगरी बैंकहरुले कर्जा प्रवाह गर्ने अवस्था छैन । बैंकमा तरलता अभाव हुनुको मुख्य कारण के हो ? के अनुत्पादक आयातले तरलतामा चाप पु¥याउँछ ? कतै न्यून पूँजीगत खर्चको कारणले तरलताको अभाव भएको त होइन ? कि बैंकहरुले उच्च मुनाफा कमाउन खोजेकोले तरलताको अभाव भएको हो ? कतै अस्थिर व्याजदरका कारणले तरलतामा चाप आएको त होइन? तरलता अभाव रहँदा अर्थतन्त्रमा नगदको प्रवेग गति कम हुँदा समग्र अर्थतन्त्रलाई मन्दीतर्पm धलेक्ने त होइन? कतै नेपाल राष्ट्र बैंकले परिवर्तन गरेको नीतिको कारण सिर्जना भएको समस्या त होइन ? यसबारे गंभीर बहस हुन जरुरी छ । अन्यथा हाम्रो देशले आर्थिक संकट भोग्नु नपर्ला भन्न सकिन्न ।पुँजीगत खर्चलाई वित्तीय क्षेत्रमा तरलता अभावको समस्याको रुपमा जोडेर हेरिएको छ । सरकारले पुँजीगत बजेटको खर्च बढाउन नसकेकोले तरलता समस्या भयो भन्ने तर्क पनि छ । व्यवसायीहरुले पनि अनुत्पादक क्षेत्रमा खर्च बढाएर यो समस्या निम्त्याइरहेको सरकारको दावी छ । अनुत्पादक क्षेत्रमा आयात बढ्नु भनेको विदेशी मुद्रा सञ्चितिलाई असर पर्नु र देशभित्र चाहिँ उत्पादकमूलक अर्थतन्त्र कमजोर हुनु हो । तर, निर्यात बढी भएको भए सो बराबर आर्जित विदेशी मुद्रा बरावरको डलर बजारमा गएर तरलता प्रभाव हुन्थ्यो । केही वर्ष अघिदेखि बैंकिङ क्षेत्रमा समय समयमा तरलता अभावले मुलुकको आर्थिक एवं आय आर्जनमा ठूलो प्रभाव पार्छ । किनकि सस्तो ब्याजदरमा कर्जा लिने ऋणीले बढ्दो व्याजदर अनुसार कर्जाको किस्ता तिर्न सक्दैनन् र विस्तारै यो कर्जा खराब कर्जामा परिणत हुन्छ । जसका कारण बेरोजगारी बढ्छ, उत्पादनमा कमी आउँछ र विकास निर्माण प्रभावित हुन्छ त्यति मात्र होइन व्यापार व्यवसाय, वाणिज्य क्षेत्रमा मन्दी आउँछ । त्यसका साथसाथै उत्पादन लागत पनि बढ्छ । उत्पादन लागत बढ्दा निर्माणाधीन विकासका काम समयमा नहुने र अन्तगोगत्वा मुलुक आर्थिक संकटमा फस्ने डर प्रबल रहन्छ । निजीक्षेत्रबाट सञ्चालित परियोजना तथा उद्योग व्यवसायहरु प्राय हेर्ने हो भने कुल लागतमा ७०–८० प्रतिशतको हाराहारीमा बैंकको ऋण हुन्छ । बैंकको व्याज सस्तो भयो भने उत्पादन लागत सस्तो हुन्छ । ब्याज महँगो भयो भने उत्पादन लागत पनि महँगो हुन्छ । लागत सस्तो प¥यो भने त्यसले बजारमा प्रतिस्पर्धी क्षमता बढाउँछ  । त्यतिमात्र होइन आन्तरिक बजारमा मुल्यवृद्धि कम भई समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्छ । तर, त्यसो नभएर उच्च व्याजदरका कारण लागत बढ्यो भने एकातिर व्यवसायीहरुको प्रतिस्पर्धी क्षमता कमजोर हुन्छ भने अर्कोतिर समग्र अर्थतन्त्र नै महँगो हुन्छ । बैंकहरुमा नगद अभाव हुनुका पछाडि विकास खर्च अर्थात पुँजीगत खर्च कम हुनु एउटा कारण हो भने अनुत्पादक आयात पनि बैंकिङ तरलताको अर्को प्रमुख कारण हो । उत्पादक क्षेत्रमा प्रयोग नहुने वस्तुको लागि विदेशीने रकमलाई अनुत्पादक आयातको रुपमा लिइन्छ । अनुत्पादक आयात बढ्दा विदेशी मुद्रा सञ्चितिलाई असर पर्दछ भने अर्कोतिर देशभित्र चाहिँ उत्पादनमूलक अर्थतन्त्र कमजोर हुन्छ । पछिल्लो वर्षहरुमा अनुत्पादक आयात बढिरहेको छ । इन्धन खपत, सवारी साधन र पार्टपुर्जा, सुनचाँदी, कृषिजन्य वस्तु आदि आयात हुनु भनेको अनुत्पादक आयात हो । भन्सार विभागको तथ्यांक अनुसार ६ महिनाको आंकडा हेर्दा पेट्रोलियम पद्धार्थको आयात मात्र एक खर्व ५३ अर्व रुपैया भइसकेको छ । यस्तै ६१ अर्व ७७ करोड ६४ लाख रुपैयाको सवारी साधन, ७६ अर्व ३३ करोड रुपैयाको मेसिनरी पार्टस्, ४२ अर्व ७२ करोड रुपैयाको खाद्यान्न ७८ अर्व ९ करोड वनस्पति तेल तथा घिउजन्य वस्तुको आयात भएको छ । सरकारले उच्च आयात नियन्त्रण गर्न पुष पहिलो साता नियन्त्रात्मक प्रावधान ल्याएको थियो । आंकडमा भने त्यसले उल्लेखनीय काम गरेको देखिदैन । पुस महिनामा मात्र एक खर्व ६१ अर्व रुपैयाँ बराबरको वस्तु आयात भएको छ । आयात बढ्दै गएपछि सरकारले विलासी वस्तुको आयतमा रोक लगाएको थियो । बित्तीय तरलताको अभाव हुनुको प्रमुख कारण कमजोर पुँजीगत खर्च हो । विगत एक दशकदेखि त पुँजीगत खर्च असाध्यै ठूलो समस्याको रुपमा आएको छ । जसले गर्दा हरेक आर्थिक वर्षमा फ्रिज हुने रकम बढ्दो छ । विकासको लागि छुट्याएको रकम सरकारले पूर्ण रुपमा समयमै खर्च गर्ने हो भने मजदुर, मालिक, उद्योगपति, व्यवसायी, बैंक सवैतिर घुम्छ । अन्तोगत्वा बैंकमा निक्षेप गर्ने निक्षेपकर्ता र ऋण लिने ऋणिको विचमा सन्तुलन आउँछ । त्यतिमात्र होइन मुलुकको आर्थिक वृद्धिदर बढ्नुका साथै मुलुक औद्योगीककरण तर्पm गई रोजगारीको सिर्जना हुन्छ । निक्षेपकर्ताले आफ्नो रकमको सुरक्षा र ब्याजको आकर्षणले गर्दा आफ्नो बचतलाई बैंकमा निक्षेप गर्छन् । निक्षेप कर्ताको सुरुमा निक्षेप गर्दा एउटा व्याजदरको सर्त हुन्छ । तर, पछि बैंकको ब्याजदरमा परिवर्तन भएको छ भनि बैंकबाट निक्षेप कर्ताले कम ब्याजदरमा पैसा पाउँछ । अर्कोतिर बैंकको ऋणीहरुले सुरुमा एउटा सर्तमा ऋण लिन्छन् पछि उनीहरुले लगेको ऋणको ब्याजदर बढ्न गई ऋणीलाई मारमा पारिन्छ । ब्याजदरमा बढ्दो विकृतिले बैंकप्रति निक्षेप कर्ताको विश्वास घटेकोले वित्तीय तरलताको अभाव हुन्छ भने ऋण लैजाने व्यक्तिले रकम तिर्न नसकी खराब कर्जामा परिणत हुन्छ । ब्याजदर धेरै बढ्दा विभिन्न ठूला परियोजनाहरु जस्तै जलविद्युत, सिमेन्ट कारखाना आदि उत्पादकहरुले काम अघि बढाउन सक्दैन त्यतिमात्र होइन महँगो ब्याज तिरेर उद्योग स्थापना गर्ने आँट पनि उद्योगपतिहरुले गर्दैनन् । लगानीकर्ताहरुले पर्ख र हेरको अवस्थामा हुन्छन् । तसर्थ वित्तीय तरलतालाई अभाव हुन नदिन ब्याज दरमा स्थिरता ल्याउँन अनिवार्य छ । वित्तीय संस्थाहरुले आफ्नो औकातभन्दा बढी लगानी गरी उच्च मुनाफा कमाउन खोजेको देखिन्छ । हामीले एउटा भाँडोमा थोरै राख्ने धेरै निकाल्ने गरिरहेका छौं । यसले एकातिर वित्तीय संस्थाहरुसँग लगानी योग्य पैसाको अभाव भयो । पैसाको माग बढी हुने, आपूर्ति कम हुने भएपछि ब्याजदर बढ्न थाल्यो, यस्तो अवस्थामा खराब कर्जामा परिणत भई बैंक तथा वित्तीय संस्था नै डुब्ने अवस्थामा देखिन्छ । तसर्थ वित्तीय संस्थाहरुले बढी महत्वकांक्षी योजना बनाउनु हुँदैन । आफ्नो औकातभन्दा बढी लगानी गरी उच्च मुनाफा कमाउने सपनाको अन्त्य गर्नुपर्छ तबमात्र वित्तीय तलरताको अभावको सिर्जना हुँदैन । तरलताको समस्याको विषयमा बैंकर कृष्ण शर्मा भन्छन्, ‘अहिले तरलताको अभाव छ । यस्तो अवस्थामा बैंकहरु पनि निक्षेपभन्दा धेरै लगानी गर्ने गरी जानु हुदैन । बैंकहरुले आपैm पनि व्यवस्थापन गर्नु प¥यो । जुन रेसियोमा निक्षेप वृद्धि हुन्छ सोही रेसियोमा लगानीहरु पनि वृद्धि गर्नुपर्यो । पुरानो स्वीकृति भएको लगानीको अनुपात पनि हेर्नुपर्यो । यी सबै मिलाएर तरलता व्यवस्थापन गर्दै जाने हो भने अलिकति सहज हुँदै जान्छ । सरकारको खर्च पनि बढ्ला । आयातमा पनि राष्ट्र बैंकले कडाइ गरेका कारण आयात पनि घट्ला, त्यसले पनि केही तरलता व्यवस्थापन हुन्छ जस्तो लाग्छ । मुलुक अहिले जसले जे भने पनि यहाँको राजनीतिक मात्र होइन आर्थिक नीतिहरु पनि सामाज्यवादीहरुको इशारामा दलाल पुँजीपतिको हातमा गएको छ । यिनीहरुले ग्लोबलाइजेसन, खुला बजारमुखी अर्थतन्त्र, निजीकरणको नीति अगाडि सारेका छन् भने विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्राकोष, एसियन बैंक र युरोपियन युनियनजस्ता साम्राज्यवादी वित्तीय संस्थाहरुका माध्यमबाट गरिव मुलुकहरुलाई आफ्नो प्रभाव कायम राखी आर्थिक दोहन गरिरहेका छन् । हाम्रा शासकहरु उनीहरुको नीतिमा हिँडी प्रत्यक्ष÷अप्रत्यक्ष रुपबाट आर्थिक लाभ लिइराखेका छन् । यिनीहरु उल्टै समृद्धिको ठूलो ठूलो सपना बाँढी जनातालाई झुक्याइराखेका छन् । यसतर्पm आम नेपाली बेलैमा सचेत रहनुपर्छ । खरेल अर्थराजनीतिक विश्लेषक हुन् ।

एस्ट्राजेनेकाको खोपका कारण बालबालिकामा 'साइड इफेक्ट' हुन सक्ने

काठमाण्डाै – युरोपको औषधि नियामक कम्पनीले एस्ट्राजेनेकाको काेराेनाविरुद्धको खोपका कारण बालबालिकामा घियनब्यारे सिंड्रोम हुन सक्ने जनाएको छ । युरोपियन मेडिसिन एजेन्सी (ईएमए)ले एस्ट्राजेनेकाले उत्पादन गरेको खोपका कारण बालबालिकामा घियनब्यारे सिंड्रोमको खतरा रहेको जनाएको बीबीसीको खबरमा उल्लेख छ । घियनब्यारे सिन्ड्रोम एक प्रकारको दुर्लभ बिमारी हो । यो रोगका कारण बालबालिकामा हातखुट्टा सुन्निने, कमजोरी हुने र दुख्ने समस्या हुन्छ । तर खोप लगाइसकेपछि साइड इफेक्टका रुपमा देखिने यो समस्या एकदमै कम हुन सक्ने ...

चेल्सीले लेस्टरलाई हरायो, म्यानचेस्टर सिटी पराजित

जितसँगै शीर्ष चारमा रहेर युरोपियन च्याम्पियन्स लिगमा छनोट हुने चेल्सीको अभियान बलियो भएको छ। लेस्टर भने शीर्ष चारमा नपर्ने खतरा बढेको छ।

क्यानडामा ५५ वर्षभन्दा कम उमेर समूहलाई अस्ट्राजेनेका भ्याक्सिन लगाउन रोक

क्यानडाले ५५ वर्षभन्दा कम उमेरका नागरिकलाई अक्सफोर्ड अस्ट्राजेनेका भ्याक्सिन लगाउने कार्य स्थगित गरेको छ। भ्याक्सिन लगाएपछि रगत जम्ने खतरा रहेको भन्दै यो भ्याक्सिनको प्रयोग यसअघि युरोपियन देशहरुले बन्द गरेका थिए। अहिले भने फेरि अस्ट्राजेनेका भ्याक्सिनको प्रयोग युरोपमा सुरु भइसकेको छ। यता क्यानडाले भने अस्ट्राजेनेका भ्याक्सिनबाट उत्पन्न हुन सक्ने खतरालाई मध्यनजर…