बारा : प्रदेश २, सामाजिक विकास मन्त्रालय र जितपुरसिमरा उपमहानगरको साझेदारीमा सञ्चालनमा भएको व्यवसायिक तथा सीप विकास तालिम कार्यक्रममा ठूलो आर्थिक अनियमिता भएको पाइएको छ। प्रदेश २ सामाजिक विकास मन्त्रालयको १ करोड २१ लाख र जितपुरसिमराको ३१ लाख गरी १ करोड ५२ लाख बजेटको कार्यक्रम कागजी रुपमा सम्पन्न गरेर भुक्तानी लिने तयारी गरेपछि हिनामिना भएको पत्ता लागेको हो। वैशाख दोस्रो साता जितपुरसिमराको २४ वटै वडामा उद्घाटन भएर लकडाउनका कारण बन्द भएको तालिम लकडाउनकै बीच केही दिन सञ्चालन गरे