हजुरबुबा एक महाकाव्य

विद्यालयको शुल्क तिर्ने पैसा नहुँदा 'तेरो अंश नै गोठ भयो' भन्दै घरकाले बिहे गराइदिएको समय बुबालाई अझै याद छ। अहिले पनि बुबाले कोही बच्चाको दुःख देख्दा ५० वर्षअघिको आफूलाई सम्झनुहुन्छ। ५० वर्षअघि बुबालाई जस्तो मान्छेको आवश्यकता थियो बुबालाई अहिले त्यस्तै मान्छे बन्नु छ।