नेपालमा ३० लाख भन्दा बढीले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको बुस्टर डोज खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाअनुसार ३० लाख ४९ हजार ३५९ जनाले बुस्टर डोज लगाएका हुन् ।नेपालको कुल जनसङ्ख्याको ६६.९ प्रतिशतले कोरोना विरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् भने ७१.१ प्रतिशतले पहिलो मात्रा खोप लगाएको मन्त्रालयले जनाएको छ ।१२ देखि १८ वर्षसम्मका दुई करोड ३३ लाख २७ हजार ६१९ मध्ये ८३.७ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् । मन्त्रालयकाअनुसार कम्तीमा एक मात्रा खोप लगाउनेको दर ९५.२ प्रतिशत