नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको तहबाट नेकपा माओवादी केन्द्र र अन्य पार्टीबीच खासै भिन्नता नदेखिएको बताएका छन् । पार्टीको आठौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष प्रचण्डले पार्टीका नेता, कार्यकर्तामा सांस्कृतिक रुपान्तरणको खाँचो औंल्याउँदै यस्तो बताएका हुन् ।‘कमिसन, भ्रष्टाचार, अनियमितता, व्यक्तिवाद, पदप्रतिको आशक्ति बढ्दो छ । यो स्थितिलाई बदल्न नसक्ने हो भने क्रान्तिकारी पार्टीका रुपमा समाजवादको यात्रा असम्भव