म्याग्दी : सोह्रौं शताब्दीमा तत्कालीन चौबिसे राज्यअन्तर्गतको शक्तिशाली राज्य मानिएको पर्वत राज्यअन्तर्गतको ज्यामरुककोटस्थित सात्लेपानीको राजकुवा संरक्षणमा ज्यामरुककोटवासी जुटेका छन्।म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटको भकुण्डेचौर नजिकै सात्लेपानीमा रहेको करिब ५ सय वर्ष पुरानो राजकुवाको संरक्षण, मर्मत र सरसफाइका लागि स्थानीयवासीले पछिल्लो समय चासो देखाएर संरक्षणमा जुटेका हुन्।ज्यामरुककोटस्थित अर्जुन माविका भूतपूर्व प्रधानाध्यापकक तथा स्थानीय बुद्धिजीवी टीकाबहादुर का