माधव नेपाल नेतृत्वको पार्टी नेकपा एकिकृत समाजवादीले केन्द्रमा ४ मन्त्री र १ राज्यमन्त्री पठाउने भएको छ । आज बसेको सत्ता गठबन्धनको बैठकमा नेकपा एकिकृत समाजवादीले पाउने मन्त्रालय टुंगो लागेको हो।जस अनुसार उसले स्वास्थ्य, शहरी विकास, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र श्रम तथा रोजगार मन्त्रालय पाउनेछ । एक राज्य मन्त्री पनि पार्टीले पाउने छ ।यसको अलवा पार्टीले प्रदेश १ र बागमती प्रदेशमा मुख्य मन्त्री पनि पाउने भएको छ । ५ वटा मन्त्रालय माग गरिरहेकोमा भागवण्डामा पार्टीले ४ मन्त्री मात्र पाउने देखिएको थियो । थप १ मन्त्रीको साटो उसले २ वटा प्रदेशमा मुख्य मन्त्री पाउने भएको हो । जस अनुसार प्रदेश १ मा एकीकृत समाजवादीका संसदीय दलको नेता राजेन्द्र राई र बागमती प्रदेशमा संसदीय दलको नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने छन् । हाल यी प्रदेशमा मुख्य मन्त्रीमा क्रमश भीम आचार्य र अष्टलक्ष्मी शाक्य छन् । उनीहरुले छिट्टै विश्वासको मत लिनु पर्ने र विश्वासको मत नपाउने निश्चित जस्तै भएकोले प्रदेश सरकारमा नयाँ सरकार बन्ने छ । जसको नेतृत्व एकिकृत समाजवादीले गर्ने सहमति भएको हो ।