सिंहदरबारलाई स्थानीय तहको चुनौती : खोप आफै किन्छौँ

केन्द्र सरकारलाई कोरोना बिरुद्धको खोप जुटाउन फलामको चिउरा चपाउनु सरह भइरहेका बेला स्थानीय तहका प्रमुखहरु आफैं खोप किन्न हौसिएका छन् । सरकारले कमिसनको चक्करमा परेर खोप खरिदमा ढिलाई गरेको बताउँदै केही स्थानीय तहका प्रमुखहरुले विभिन्न देशका प्रतिनिधिसँग खोप खरिदका लागि कुरा अघि बढाएको बताएका छन् ।उनीहरुले खोप खरिदमा भएको ढिलाईका कारण ठूलो मानवीय क्षति भएको बताउँदै बिकास बजेट नै रोकेर खोप किन्न तयार रहेको बताएका छन् । खोप खरिदका लागि केन्द्र सरकारले अनुमति दिए तुरुन्तै खोप खरिद गर्ने उनीहरुले बताएका