अफगानिस्तानमा हातहतियार छोडेर पलायन गर्दै अमेरिका, तालिबान झनै बलियो

अफिगानिस्तानमा आतंकविरुद्धको युद्धमा विगत २० वर्षदेखि अल्झिएको अमेरिकी सेना अहिले हतारहतार गरेर त्यहाँबाट निस्कन थालेको छ ।  अमेरिकाका राष्ट्रपति जो बाइडनले सेप्टेम्बर ११ सम्ममा सबै अमेरिकी सैनिक फिर्ता लैजाने भनी घोषणा गरेकोमा अमेरिकी सैनिकहरू सैन्य अड्डा खाली गर्नका लागि हतार गरिरहेका हुन् ।  यस्तो अवस्थामा अमेरिकी सैनिकहरूको हातहतियार अफगान सेनाले नपाएर तालिबानको हातमा पुगिरहेको छ ।    फोर्ब्स पत्रिकाको रिपोर्टअनुसार, विगत एक महिनामा तालिबानले अमेरिकी सेनाका ७०० ट्रक र बख्तरबन्द गाडीहर...