कैलाली कारागारका जेलरले घुस खाएको आरोप

धनगढी : कैलाली कारागारका जेलर पदमराज तिमल्सिनाले घुस खाएको आरोप लागेको छ। करिब १० वर्षदेखि कैद भुक्तान गरिरहेका देवेश गुप्तासँग जेलर तिमल्सिनाले घुस मागेको आरोप लागेको हो।यही जेठ १० गतेतिर राति लागुऔषध मुद्दामा जेल परेर कैलाली कारागारको चौकीदारसमेत रहेका गुप्तालाई जेलर तिमल्सिनाले बोलाएका थिए।कारागारको विशेष स्रोतका अनुसार आउटडोर निरन्जन शाहीमार्फत जेलर तिमल्सिनाले गुप्तालाई बोलाएर तेरो सरुवा हुदैछ, रोक्नपर्ने भए २ लाख दिनुपर्छ भनेका थिए। त्यसपछि त्यो डिलअनुसार आफ्ना म्यादी (सहयोगी) अनिल सि