परराष्ट्र मन्त्री नारायण खड्का चैत १६ गते श्रीलङ्का जाने हुनुभएको छ । पाँचौं बिमस्टेक शिखर सम्मेलनमा भाग लिन परराष्ट्रमन्त्री खड्का श्रीलङ्का जान लाग्नुभएको हो ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्नुहुँदै सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले परराष्ट्रमन्त्री खड्का र परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालसहित नेपाली प्रतिनिधिमण्डलको टोली श्रीलंका जाने जानकारी दिनुभएको हो ।