काठमाडौं : नेपाली सेनाले हिउँद याममा पहिलोपटक केटु हिमालको सफल आरोहण गर्ने नेपाली आरोहीलाई बुधबार सम्मान गरेको छ। पाकिस्तानमा रहेको विश्वको दोस्रो अग्लो हिमाल आरोहण हिउँद याममा अहिलेसम्म हुन सकेको छैन । विश्व कीर्तिमानी नेपाली आरोहीहरूलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले जंगी अड्डामा कदरपत्रले सम्मान गरेका हुन्। नेपाली आरोहण दलले ३ माघमा ८६११ मिटर अग्लो केटु हिमाल सफलतापूर्वक आरोहण गरेको थियो । उनीहरूले केटु हिमालको चुचुरोमा नेपालको राष्ट्रिय झण्डा फहराउनुका साथै नेपाली राष्ट्रगान