चिनी अभावले कोरिडोरका जुस, चकलेट र बिस्कुट उद्योग समस्यामा, चाडबाडका बेला पनि उत्पादन बढेन

क्षमता अनुसार उद्योग सञ्चालन गर्न नपाएपछि उद्योगहरूले मजदुरलाई समेत आलो पालोमा काम लगाउन थालेका छन् । चाडबाडको बेला काम नपाएपछि मजदुर समेत समस्यामा परेका छन् ।

सम्बन्धित सामग्री

चकलेट र बिस्कुट उद्योगको उत्पादन आधा घट्यो

विराटनगर। चाडबाडमा सबैभन्दा धेरै खपत हुने चिनी सरकारले आयात गर्न नसक्दा र निजीक्षेत्रलाई आयात गर्ने अधिकार नदिँदा यहाँ सञ्चालित चकलेट र बिस्कुट उद्योगको उत्पादन ५० प्रतिशतमा खुम्चिएको छ ।  भारतीय बजारमा चिनीको मूल्य प्रतिकिलो ६७ रुपैयाँ छ । नेपाली बजारमा खुद्रा मूल्य १२५ रुपैयाँ छ । खुला सीमाको कारण भारतीय बजारबाट तराईका जिल्लामा चोरबाटोबाट चिनी आपूर्ति भए पनि पहाडी र अन्य जिल्लामा अभाव छ । ठूलो परिमाणमा चिनी खपत गरेर खाद्य वस्तु उत्पादन गर्ने उद्योगहरूले सहज रूपमा चिनी नपाएका कारण चाडबाडमा समेत उत्पादन बढ्न नसकेको गुनासो गरेका छन् ।  सरकारले चिनी उद्योगीको अनुरोधका आधारमा २ वर्षअघि चिनी आयातमा लाग्ने भन्सार महशुल बढाएपछि भन्सारको ग्रीन च्यानलबाट चिनी आएको छैन । चिनी अभावमा उद्योगहरूले ५० प्रतिशतसम्म उत्पादन कटौती गरेका छन् । चाडबाडका बेला बढी विक्री हुने बिस्कुट, डेरी प्रोडक्ट, मिस्री, मिठाइ र चकलेट उद्योगको उत्पादन ५० प्रतिशतमा खुम्चिएको छ । अरू बेला बजारमा माग नहुँदा क्षमताको ४० प्रतिशतभन्दा कम उत्पादन गरिरहेका उद्योगले चाडबाडका बेला उत्पादन बढाएर वर्षभरिको खर्च धान्ने गर्छन् । यसपटक चिनी अभावमा ५० प्रतिशतभन्दा बढी उत्पादन पुग्न सकेको छैन ।  मोरङ व्यापार संघका पूर्वअध्यक्ष एवं जुस, बिस्कुट र कन्फेक्सनरी उत्पादक महेश जाजूले सरकारको खेलाँचीले समयमा चिनी आपूर्ति हुन नसक्दा चाडबाडमा उद्योगहरूले उत्पादन बढाउन नपाएको बताए । जाजूका अनुसार अहिले चिनी खपत हुने जुस, बिस्कुट, चकलेट, कन्फेक्सनरी, मिठाइ र मिस्री उद्योगको उत्पादन क्षमताको ५० प्रतिशत मात्रै छ । चाडबाडका बेला मुख्य कोसेलीका रूपमा अत्यधिक प्रयोग हुने बिस्कुट, चकलेट, मिठाइ, मिस्री र कन्फेक्सनरी उत्पादन ९० प्रतिशत पुग्नुपर्ने उनीहरूको भनाइ छ । सकारको नीति राजस्वमुखीमात्र भएको गुनासो गर्दै जाजूले चिनीको भन्सार ५ प्रतिशत कायम गर्नुपर्ने बताए ।  नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष एवं संविधानसभा सदस्य पवन शारडा चाडबाडमा सबैभन्दा बढी चिनीबाट बनेका खानेकुरा प्रयोग हुने भएकाले यसको माग पनि चाडबाडमै बढी हुने बताउँछन् । ‘चिनी मिलहरूले साउनमै सरकारलाई स्टक सकियो भनेर जानकारी दिएपछि सरकारले तत्कालै निजीक्षेत्रलाई चिनी ल्याउन दिनुपथ्र्याे । तर, सरकारले साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई १०–१० हजार टन आयात गर्न स्वीकृति दिए पनि उनीहरूले अहिलेसम्म आयात गर्न सकेका छैनन् । फलस्वरूप चिनीको मूल्य आकाशिएको छ । सीमाक्षेत्रबाट अवैध रूपमा भित्रिएर राजस्व समेत गुमिरहेको छ,’ शारडाले भने, ‘चाडबाडको बेला चिनी चाहिन्छ भन्ने सरकारलाई थाहा थियो । समयमा मगाउन नसक्नु उसको लापरबाही हो ।’  चिनीको भन्सार महशुल ४० बाट १० प्रतिशतमा झार्न उद्योगीको माग सीमावर्ती क्षेत्रका उपभोक्ता सस्तो चिनीको लोभमा भारतीय बजार जाँदा अन्य सामान पनि किनेर ल्याइरहेकाले सरकारको राजस्व गुमिरहेको र नेपाली बजार चलायमान हुन नपाएको उनले बताए । शारडाले निजीक्षेत्रलाई चिनी आयात अनुमति दिन र भन्सार महशुल प्रतिकिलो १० रुपैयाँ कायम गर्न माग गरे ।  उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुँदा चिनीमा देश आत्मनिर्भर भइसकेको भन्दै उद्योगीले यसको भन्सारदर बढाइदिन आग्रह गरेकाले सोहीअनुसार गरेको तर उनीहरूको भनाइ झूटो रहेको अभिव्यक्ति दिएको दृष्टान्त पेश गरे । प्रधानमन्त्रीलाई समेत झुक्याएर उद्योगीले कार्टेलिङ गरेकाले अब चिनीको भन्सार दर १० रुपैयाँ प्रतिकिलो कायम हुनुपर्ने उनको माग छ ।  सरकारले चिनी र कपडामा ४० प्रतिशत भन्सार लगाएका कारण दुवै वस्तु ग्रीन च्यानलबाट नआएको उल्लेख गर्दै सुरानाले राजस्व बढाउन र निजीक्षेत्रको बजार सुरक्षित राख्न सरकारले भन्सारदर घटाउनुपर्ने धारणा राखे । भन्सारदर घटेपछि चोरबाटोबाट नआई भन्सार तिरेर आउने भएकाले सरकारको राजस्व बढ्ने उनको भनाइ छ । सरकारले ४ महीनामा उठाउन नसकेको राजस्व भन्सारदर घटाएमा १ महीनामै उठ्ने उनको तर्क छ । उनका अनुसार नेपालमा वार्षिक ३ लाख २० हजार मेट्रिक टन चिनी खपत हुन्छ, स्वदेशी उद्योगले मुश्किलले ८० हजार टन उत्पादन गर्छन् । माग र आपूर्तिलाई सन्तुलनमा राख्न विदेशबाट चिनी आयात गर्नुपर्नेमा यो वर्ष सरकार चुकेको सुरानाले बताए ।

बच्चालाई किन खुवाउनु हुँदैन बिस्कुट ? विज्ञबाट थाहा पाउनुहोस् यसका हानी

बच्चाको शारीरिक र मानसिक स्वास्थ्यलाई उत्कृष्ट बनाउने खानेकुरा आफ्नो बच्चाले खाउन् भन्ने हामी सबैको चाहना हुन्छ । प्रत्येक आमाबुवा आफ्नो सन्तान स्वस्थ होउन् भन्ने कुरामा सचेत पनि हुन्छन् । तर बच्चालाई स्वस्थ खानेकुरा खुवाउन कहाँ

साबुन–तेलको जोहो गर्न झोलामा 'हजारे पसल'

बझाङ - अगाडितिर गाउँतर्फ धार फर्किएको जडारीगाड । आवतजावत गर्नेहरू गाउँ भएरै हिँड्थे । किनमेल गर्न जानेको लर्को । विश्रामस्थल खातीगाउँ । गाउँमा पसलको कमी ।  यस्तै कारणले प्रेमबहादुर खातीले सुरु गर्नुभयो, ‘हजारे पसल’ ।  एक हजारमा दैनिक प्रयोगमा आउने सलाई, साबुनदेखि चकलेट, बिस्कुट सुपारीसम्मको पसल । बर्खे भेलले सडक बगाएको मौकामा सुरु गरेको पसललाई अहिले पनि उहाँले निरन्तरता दिनुभएको छ । पहिले खोलाले फर्काएको धारमा अहिले सडक बनेको छ । आवतजावत गर्नेहरू सडकबाटै गए पनि उहाँको पसलका ग्राहक गाउले...

साबुन–तेलको जोहो गर्न झोलामा ‘हजारे पसल’

काठमाडौँ,३ पुष । अगाडितिर गाउँतर्फ धार फर्किएको जडारीगाड । आवतजावत गर्नेहरू गाउँ भएरै हिँड्थे । किनमेल गर्न जानेको लर्को । विश्रामस्थल खातीगाउँ । गाउँमा पसलको कमी । यस्तै कारणले प्रेमबहादुर खातीले सुरु गरे, ‘हजारे पसल’ । रु एक हजारमा दैनिक प्रयोगमा आउने सलाई, साबुनदेखि चकलेट, बिस्कुट सुपारीसम्मको पसल । बर्खे भेलले सडक बगाएको मौकामा सुरु […]

‘प्याकेट खाना’ : खानै हुन्न ?

काठमाडौं । तपाईं बजारमा एकसरो नजर लगाउनुहोस्, त्यहाँ ‘प्याकेट खाना’को भण्डार नै हुन्छ । कुरकुरे, चाउचाउ, बिस्कुट, दालमोठ, चकलेट, पाउरोटी, जुस, ससेस । कति हो कति । अब आफ्नो भान्सामा नजर दौडाउनुहोस्, बजारका यी खानेकुराले भान्सामा आफ्नो वर्चश्व जमाउँदैछ । यसको सोझो अर्थ के भने हाम्रा छोराछोरी वा हामी ‘प्याकेट बन्द’ खानेकुराको लतमा परिसकेका छौं […]

म्याद गुज्रिएका सामानमा 'रिलेबलिङ' गर्ने गोदाममा छापा, सञ्चालक भने सम्पर्क विहीन

काठमाडौंः बालाजुस्थित म्याद गुज्रेका खाद्य सामाग्री रिलेबलिङ गर्ने एक गोदाममा प्रहरीको सहयोगमा वाणिज्य विभागले छापा मारेको छ। नेपाल भेन्चरमा भन्ने कम्पनीमा वाणिज्य विभागको टोलीले आज दिउँसो छापा मारेको हो। विभागका अनुसार कम्पनीले समयदेखि खान अयोग्य खाद्य बस्तुहरूलाई नयाँ मिति राखेर बजारमा पठाउने गरेको पाइएको छ। कम्पनीले बिस्कुट, चकलेट, पास्ता, साबुदाना लगायतका विभिन्न किसिमका…

पार्ले चकलेट नेपालमै उत्पादन हुने

भारतको पार्ले प्रोडक्ट प्रालिको चकलेट नेपालमा नै उत्पादन हुने भएको छ । उक्त कम्पनीको बिस्कुट उत्पादन गर्दै आएको एन्टार्टिक बिस्कुट प्रालि परिसरमा चकलेट उत्पादन गर्ने प्लान्ट स्थापना सुरु भएको छ । एक वर्षभित्रमा पार्लेका अरेन्ज वाइट र म्याङ्गो ब्रान्डका चकलेट उत्पादन गर्नेगरी सात करोड २५ लाख रुपियाँको लागतमा उद्योग स्थापना सुरु गरिएको छ ।

चिनीको मूल्यवृद्धिले समस्यामा बिस्कुट उद्योग - Karobar National Economic Daily

विराटनगर :  चिनीको अत्यधिक मूल्यवृद्धिका कारण बिस्कुट, चकलेट, मिठाईलगायत कच्चापदार्थका रूपमा चिनी आवश्यक पर्ने उद्योगहरू समस्यामा परेका छन् । नेपाल पछिल्लो समय बिस्कुट र चकलेटमा आत्मनिर्भर हुने क्रममा छ । तर,…

अखाद्य बिस्कुट र चकलेट छ्यापछ्याप्ती - Karobar National Economic Daily

काठमाडौं: तपाईं बिस्कुट र चकलेट किन्दै हुनुहन्छ भने त्यसको उपभोग्य मिति बाँकी छ कि छैन भनेर हेर्न नबिर्सनुहोला ? किनभने बजारमा छ्यापछाप्ती रूपमा म्याद नाघेका अखाद्य बिस्कुट र चकलेट बिक्री भइरहेका…