बाँस र निगालोबाट बनेका सामग्रीको व्यापार घट्दै

कास्की : पोखरा महानगरपालिका– १ पुरानो टुँडिखेल क्षेत्रमा शनिबार दिनभर दशैँ मेला लाग्यो। यहाँ अन्य सामग्रीभन्दा बाँस र निगालोबाट बन्ने घरेलु सामग्री धेरै देखिन्थ्यो। ती सामग्री बेच्ने व्यापारीको मन खुसी थिएन्। उहाँहरुमध्ये कसैले बाँस र निगालोको चोयाबाट बनेका घरेलु सामग्री गाउँगाउँ पुगेर खरिद गरेर ल्याउनुभएको थियो भने, कसैले आफैँले बुनेर पोखरा झारेका थिए।ती व्यापारीले साँझसम्म पनि भनेजस्तो व्यापार नभएको गुनासो गरिरहनुभएको थियो। कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ खोरामुखबाट डोको, नाङ्लो