काठमाडौं : अर्थ मन्त्रालयले बजेट निर्माण प्रक्रियामा नेपाल सरकारका जिम्मेवार पदाधिकारीबाहेक कसैको पनि सहभागिता नरहेको प्रष्टीकरण दिएको छ। मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै असम्बन्धित व्यक्तिले बजेट सार्वजनिक गर्नु अघिल्लो राति करका दर हेरफेर गरेको भनेर आएका समाचारमा सत्यता नभएको दाबी गरेको हो। 'माननीय अर्थ मन्त्री सामान्यतः सूचीकृत दैनिका औपचारिक कार्यक्रमबाहेक हरेक दिन विहान ७:३० बजे मन्त्रालय आउने र राति अबेरसम्म रही बजेटलाई पूर्णता दिन मन्त्रालयका अधिकारीहरुसँग निरन